
Ksbus
Ggp
Ksbus
Asbus
Rgp
Sdc
Lnp
Msbus
Ggp


दाङ देउखुरीको सिसहनियाँ–महदेवा जोड्ने नेपालको दोस्रो लामो पुलमा सञ्चालित प्रथम राप्ती पुल महाशिवरात्री मेला महोत्सवमा आज फागुन २१ गते चर्चित लोकदोहरी गायक कृष्ण रेउले, चर्चित थारू गायकहरू राज कुश्मी, श्रीनिवास चौधरी, थारू गायिकाहरू सोनु कुश्मी, समीक्षा चाैधरी लगायतका कलाकारहरु आउन लागेका छन् ।
त्यसै गरी महाेत्सवमा इन्द्रणी कार्यक्रमकी चर्चित बाल गायिका एक्टिमा परियार साथमा कुशल उद्घोषक दिपक बर्मा आउने महोत्सवका साँस्कृतिक संयोजक ओमप्रकाश चौधरीले जानकारी दिएका छन् । महोत्सवमा आज लाइभ दोहोरी समेत हुने आयोजकले जानकारी दिएको छ ।
राप्ती पुल संरक्षण तथा पर्यटन प्रवर्द्धन विकास समिति गढवा गाउँपालिका–२ महदेवाको आयोजनामा गत फागुन १५ गते देखि सञ्चालित महोत्सवको आज साताै दिन शनिबार ती कलाकारहरु आउन लागेका हुन् । हिजो तिव्र गतिले चलेको हावाका कारण स्टेजमा र स्टलमा क्षति पुर्याए पछि हिजो आएका कलाकार सहित आज थप कलाकार थपिएको आयोजकले बताएको छ ।
स्थानीय कला संस्कृतिको संरक्षण सँगै सिसहनियाँ– महदेवा जोड्ने सडकमा सडक बत्ती जडान गर्ने उद्देश्यले महोत्व आयोजना गरिएको बताइएको छ । विहान ११ बजे देखि सुरु हुने कार्यक्रममा उपस्थितीका लागि आम देउखुरीबासीमा आयोजकले अनुरोध समेत गरेको छ ।
