Sidha Patra शुक्रबार, फाल्गुण २०, २०७८

दाङ । घोराहीमा जारी प्रथम खुमबहादुर खड्का स्मृति पुरुष खुला भलिवल प्रतियोगिताको सेमिफाइनल खेल्ने टिमको तय भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १५ स्थीत जिल्ला समन्वय समितिको मैदानमा भएका लिग चरणका खेल सकिएसँगै प्रतियोगितामा सेमिफाइनल खेल्ने टिमको टुंगो लागेको हो ।

त्यस्तै शुक्रवार भएको लिगको अन्तिम खेलमा घोराही शान्तिनगरले बंगलाचुली गाउँपालिकालाई २५–१८ र २६–२४ को सोझो सेटमा हराएसँगै शान्तिनगर समूह ‘बी’को उपबिजेता बनेर सेमिफाइनल प्रवेश गरेको हो । त्यसअघिको खेलमा घोराही उपमहानगरपालिकाले बबई गाउँपालिकालाई २५–१८ र २५–१४ को सेटमा हराउँदै प्रतियोगितामा समूह ‘बी’को बिजेता बनेको हो । यसअघि समूह ‘ए’बाट तुलसीपुर उपमहानगरपालिका समूह बिजेता र राप्ती गाउँपालिका उपबिजेता बनेका थिए ।

यसैगरी समूह चरणका चार खेल मध्य चारै खेल जितेर घोराही समूह ‘बी’ बिजेता बनेको छ भने चार खेल मध्य तीन खेल जितेर शान्तिनगर उपबिजेता बन्न पुगेको छ । समूह ‘बी’ को बिजेता बनेको घोराही उपमहानगरपालिकाले र समूह ‘ए’ उपबिजेता राप्ती गाउँपालिकासँग खेल्ने छ भने समूह ‘बि’को उपबिजेता शान्तिनगरले समूह ‘ए’को बिजेता तुलसीपुर उपमहानगरपालिकाको सामना गर्नेछ । पहिलो सेमिफाइनल खेल फागुन २१ गते शनिवार विहान ८ बजे समूह ‘ए’ को बिजेता तुलसीपुर उपमहानगरपालिका र समूह ‘बी’को उपबिजेता शान्तिनगर गाउँपालिकाबिच हुनेछ ।

त्यसैगरी दोश्रो सेमिफाइनल खेल फागुन २२ गते दिउँसो ४ बजे समूह ‘बी’को बिजेता र समूह ‘ए’को उपबिजेता राप्ती गाउँपालिकाबिच हुने खुमबहादुर खड्का स्मृति खेलकुद समितिले जनाएको छ । फागुनको १६ गतेदेखि सुरु प्रतियोगिता फागुनको २३ गतेसम्म चल्ने छ । प्रतियोगितामा जिल्लाका दश वटा पालिकाका भलिबल टिमहरुको सहभागिता रहेको थियो । प्रतियोगिताको बिजेता टिमले नगद दुई लाख र उपबिजेता हुने टिमले नगद एक लाख रुपैयासहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगितामा उत्कृष्ठ खेल प्रदर्शन गर्ने एक जना खेलाडीलाई नगद पाँच हजार एक सय रुपैयासहित ट्रफि प्रमाणपत्र प्रदान गरिने भएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]