
Bsbus
bpmhl
Ksbus
Gss
Ssbus
Gsl
Lsbus
Gis
ebg
Ksbus
Ssbus
Gis
Gms
Ses
Ksbus
Pbu
Gsbus
Lsbus
Rsbus
Ssbus

Bbbpu
Pvg
Wsp
Ksm
Hal
Rgu
Rgu
Gst
Tsm
nsb
Sls
Bbu
Asm
Vor
Ssm
Rsb
Rgs
Ggd
Sbs

Ptm
Rpp
Abd
Syp
sab
Rmb
Jmb
Pls
Mks
Gsb
bbt
Jmb
Bml
घोराही । दाङमा पहिलो पटक दाङ क्रिकेट लिग– २०७८ आयोजना गर्न लागिएको छ । क्रिकेट संघ दाङको आयोजनामा आगामी चैत्र १२ गतेदेखि १८ गतेसम्म पाँच वटा फ्रेन्चाईज क्लबमार्फत खेलाडी खरीद गरी प्रतियोगिता गर्न लागिएको आज घोराहीमा पत्रकार सम्मेलन गर्दै जानकारी गराइएको हो ।
घोराही रंगशालामा आयोजना गर्न लागिएको जिल्लाकै पहिलो ठुलो स्तरको खेलाडी किन बेचमा आधारित प्रतियोगिताले जिल्लाका खेलाडीहरुलाई प्रतिस्पर्धात्मक वातावरणमा क्रिकेट खेल्न सक्ने र सीप निखार्न सहयोग गर्ने विश्वास लिइएको आयोजक दाङ जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैयाँले जानकारी दिनुुभयो ।
त्यसैगरी प्रतियोगिताले युवा क्रिकेटरहरूको खेलको गुणस्तर र उनीहरूका लागि सुविधासहित खेल प्रवद्र्धन गर्ने लक्ष्यसमेत राखेको उहाँको भनाई छ । जिल्लामा क्रिकेट खेलको वातावरण बनाउन र दाङ क्रिकेटको सम्भावना बोकेको जिल्ला हो भनेर चिनाउन यो प्रतियोगिता निकै महत्वपूर्ण रहेको पूर्व क्रिकेटर कैलाश रोकाले बताउनुु भयो । पाँच वटा टीमले हरेकले १४ जना खेलाडी खरीद गर्ने हुँदा प्रत्येक टीममा दाङका १६ वर्ष मुुनिका २ जना, १९ वर्ष मुुनिका २ जना र सिनियर खेलाडीको हकमा कप्तानसहित ६ जना रहने भएका छन् ।
यसैगरी,लुुम्बिनी प्रदेशका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी २ जना र नेपालभरका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी २ जना गरी १४ जना खेलाडीको टीम रहने भएको छ । जसमा १३ जना अक्सन विधिबाट आउने छन् भने एक जना महत्वपूर्ण खेलाडीको रुपमा महंगो मुुल्यमा टीम आफैले स्वतन्त्र रुपमा भित्र्याउन पाउने छ । सो खेलाडी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको र जिल्ला बाहिरको हुुनुुपर्ने प्रावधान राखिएको छ । हरेक टीमलाई कम्तिमा ४ हजार र अधिकतम १ लाख ४ हजार रुपैयाँ खेलाडी खरीदमा खर्च गर्न सक्ने सीमा तोकिएको जिल्ला क्रिकेट संघका सल्लाहकार किशोरचन्द्र गौतमले बताउनुु भयो । उमेर समुह मार्फत खेलाडी किनबेचको लागि एक खेलाडी बराबर कम्तिमा ४ हजार मुुल्य तोकिएको छ ।
त्यस्तै जिल्लाको पहिचान झल्कने गरी टीमको नाम राखिएको र टीमको बारेमा थप जानकारी चाँडै प्रकाशित गर्ने तयारी भएको आयोजकले जनाएको छ । करीव २५ लाख खर्च अनुमान गरिएको प्रतियोगिताको विजेताले नगद २ लाख,उपविजेताले १ लाख तथा विधागत रुपमा उत्कृष्ट भएका खेलाडीलाई पनि पुरस्कृत गरिने भएको छ ।
