
Nssbus7
Ssbus
Jsbus
Rsbus
Bksbus5
Pbu
Ssbus
bpmhl
Ksbus
Gsbus
Ksbus
dsbus
Lsbus
Ksbus
Ssbus
gms
Csbus
Gsl
Bsbus

Ksm
Gst
Asm
Rgu
Rgu
Sbs
Vor
Hal
Tsm
Bbbpu
nsb
Ssm
Wsp
Sls
Rsb
Pvg
Ggd
Rgs
Bbu

Ptm
Rpp
bbt
Syp
sab
Abd
Mks
Gsb
Pls
Rmb
Jmb
Jmb
Bml
दाङ । नेपाल उत्पीडित जातीय मुक्ति समाज दाङको
१० औँ अधिवेशन भोलि र पर्सी दुुई दिन दाङको घोराहीमा हुने भएको छ ।
समाजका जिल्ला अध्यक्ष चूर्णबहादुर नेपालीको अध्यक्षता तथा नेकपा एमाले प्रदेश कमिटी सदस्य एवं समाजकी केन्द्रीय सदस्य लिला बिकको प्रमुुख आतिथ्यतामा आज पत्रकार सम्मेलन गरी अधिवेशनको सबै तयारी पूरा भएको जानकारी गराइएको छ ।
सो अवसरमा अध्यक्ष नेपालीले २१ र २२ गते गर्न लागिएको जिल्ला अधिवेशनमा झाँकी जुलुससहितको भव्य तयारी भएको बताउनुुभयो । नेकपा एमाले जिल्ला पार्टी कार्यालय परिसरमा आयोजना गर्न लागिएको अधिवेशनमा दाङको भालुवाङदेखि हापुरेसम्मका १० वटै पालिकाबाट दलित समुदायको उपस्थिति रहने भएको छ ।
करीव २ हजारको उपस्थिति रहने दावी गरिएको अधिवेशनको उद्घाटन सत्र शुुरु गर्नुअघि घोराहीको ट्राफिक चोकबाट बजार परिक्रमा पछि कार्यक्रम गरिने भएको छ । अधिवेशनलाई सम्बोधन गर्न प्रमुख अतिथिका रुपमा नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री जीतु गौतम दर्जी र बिमला बिक आउन लाग्नुुभएको छ ।
दलित समुदायको ऐतिहासिक सम्मेलनका रुपमा लिइएको जिल्ला अधिवेशनमा उपमहानगरबाट १५ पुुरुष र १० महिला गरी २५ जना, नगरपालिकाबाट १३ जना पुुरुष र ७ जना महिला गरी २० जना तथा स्थानीय पालिकाबाट ६ जना पुुरुष र ४ जना महिला गरी १० जनाका दरले समाजको प्रतिनिधिका रुपमा सहभागी हुने भएका छन् ।
८५ सदस्यीय कार्यसमिति रहने कमिटीको कार्यकाल ३ वर्षे हुने व्यवस्था अनुुरुप अधिवेशनले सर्वसहमतिमा नयाँ नेतृत्व चयन गर्ने बताइएको छ । पत्रकार सम्मेलनको सहजीकरण समाजका सचिव उमलाल विश्वकर्माले गर्नुभएको थियो ।
