
Rgp
ksb
Pbu
Lnp
Rgp
lnp
Ggp
Lks
Rgp
Sgp
Jns
Dus
Dbs
Rgp
Usb
Ggp
Asb


कपिलवस्तु । कपिलवस्तुको सिमा नाका २ दिनका लागि बन्द हुने भएको छ ।
भारतको उत्तरप्रदेश राज्य सिद्धार्थनगर जिल्लामा हुने बिधानसभा निर्वाचनका लाागि नेपालसँग जोडिएको कपिलबस्तु सीमा नाका २ दिनको बन्द गर्ने निर्णय गरिएको छ। कपिलबस्तुसँग जोडिएको सीमा नाका कृष्णनगर,मार्यादपुर चाकलचौडा सहित भारतले आजदेखि फागुन १९ गतेसम्म सीमानाका बन्द गर्न लागेको जिल्ला प्रशासन कार्यालय कपिलबस्तुले जनाएको छ।
निर्वाचन ४८ घण्टा पूर्व आज बेलुकी ६ बजे पछि सुरक्षाका लागि नेपाल आवतजावत गर्न बन्द गरेको प्रमुख जिल्ला अधिकारी चक्र पाणी पाण्डेले बताए । दाढाबाट नियमित रुपमा नेपाल आउने यात्रु भित्रिने सक्नेछन् ,निर्वाचन अवधिमा ईमरर्जैन्सी मेडिकलका लागि जानु परेको अवस्थामा सीमामा रहेका नेपाली सुरक्षा इन्चार्ज मार्फत सीमावर्ती सुरक्षा इन्चार्जसँग समन्वय गरी जान सकिने प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए । निर्वाचनका बखत सुरक्षा संवेदनशीलताका कारण दुबै देशको सहमतिका आधारमा उक्त नाका बन्द गरिएको छ ।कामनाडेलि
