
ssbus
Ssbus
Ssbus
Gsl
Pbu
Sssbus1
Sssbus1
tssbus
nsm
Ssbus

Ggd
Wsp
Tsm
nsb
Sls
Bbbpu
Rgu
Asm
Vor
Ssm
Gst
Pvg
Hal
Sbs
Rgs
Bbu
Ksm
Rgu
Rsb

bbt
Gsb
Rpp
Jmb
Ptm
Pls
Syp
Bml
Jmb
Rmb
Mks
sab
Abd
प्यूठान । प्यूठानका किसानलाई अमेरिकन फौजी किराको प्रकोपबाट बाली जोगाउन गाह्रो भएको छ।मकैको बोट हुर्कन थालेसँगै फौजी किराले सताउन थालेपछी । जिल्लाका किसान छट्पटीमा छन ।
भर्खरै उम्रिएको र गोड्ने बेला भएको मकैको पात, गुभो तथा बोटनै फौजी किराले खाएर मकैलाई नष्ट गरिरहेको नौबहिनी २ लिघाका कृषक दुज बहादुर घर्ति मगरले बताए। ‘ मकैको बिरुवा राम्रा थिए, भर्खर हुर्कदैं थियो’ घर्तीले भने,’बर्ष भरी खाने मकै यहि हो,किराले सकेपछि के खाने होला’
किरा लागेपछि मकैको बोट समेत सुक्दै जान थालेको उनको भनाई छ। घर्ती मात्र हैन जिल्लाको नौ वटै स्थानिय तहमा मकै खेती गर्ने अधिकांश किसानको अवस्था उस्तै छ ।
पछिल्लो केहि साता यता प्यूठानमा फौजी किराको प्रकोप देखिएको हो । जिल्लाकोे सरुमारानी, नौबहिनी,ऐरावती,माण्डवी गाउंपालिका र स्वर्गद्धारी तथा प्यूठान नगरपालिका क्षेत्रका बिभिन्न ठाउंमा फौजी किराको प्रकोप देखिएको छ। सबै भन्दा बढि नौबहिनी र ऐरावती गाउंपालिकाका कृषक फौजी किराको चपेटामा छन ।नौबहिनी गाउंपालिकाका कृषि शाखा प्रमुख सन्तोष बिकले पछिल्लो दुई हप्तादेखि मकै खेतीमा किराको आक्रमण बढेको बताए।
किरा नियन्त्रण गर्न विषाधि छकर्ने काम अघि बढाइएको उनले जानकारी दिए। फौजी किरा नष्ट गर्न पालिकाले ५० प्रतिशत अनुदानमा विषादी वितरण गर्न शुरु गरेको छ ।यसअघि पाक्न लागेको गहुँ र तरकारीबाली असिनापानीले नस्ट गरेपछि जिल्लाका किसानले लाखौँको क्षती ब्यहोर्नु परेको थियो।
