
Pbu
nsm
tssbus
Gsl
ssbus
Ssbus
Sssbus1
Sssbus1
Ssbus
Ssbus
Bs1

Bbbpu
nsb
Rgu
Rsb
Ggd
Vor
Bbu
Ssm
Ksm
Asm
Wsp
Sbs
Hal
Sls
Gst
Rgs
Tsm
Pvg
Rgu

Jmb
Rpp
sab
bbt
Gsb
Bml
Syp
Mks
Pls
Jmb
Rmb
Ptm
Abd
दाङ । लुम्बिनी प्रदेशको स्थायी राजधानी निर्माणका लागि तयार पारिएको मास्टर प्लानको बिषयमा सरोकारवालाहरु संग बुधवार देउखुरीको राप्ती गाउँपालिका—३, मसुरियाको सभाहलमा प्रारम्भविक छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रदेश पूर्वाधार विकास प्राधिकरणले तयार पारेको मास्टर प्लानको स्थायी राजधानीबासी केन्द्रित प्रारम्भविक छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
प्राधिकरणले तयार पारेको प्रारम्भविक मास्टर प्लानमा थप गर्नुपर्ने र हटाउनु पर्ने विषयमा आवश्यक सल्लाहसुझाब लिन राजधानी क्षेत्रका जनप्रतिनिधि, स्थानीय राजनितिकदल, सरोकारवाला निकाय संग अन्तरक्रिया गरिएको प्राधिकरणले जनाएको छ ।अन्तरक्रियाबाट आएका सल्लाह सुझाबलाई समेटर फाइनल मास्टर प्लान तयार गरी प्रदेश सरकारमा स्वीकृत गराउने काम प्राधिकरणको रहेको छ । सोही अनुरुप प्राधिकरणले विभिन्न किसिमबाट छलफल तथा अन्तरक्रिया शुरु गरेको छ । स्थानीयस्तरबाट उक्त मास्टर प्लान अनुमोदन भएपछि मात्र राजधानीका लागि भौतिक संरचना तयार हुने प्राधिकरणले जनाएको छ ।
आज भएको अन्तरक्रिया कार्यक्रममा सहभागीहरुबाट एकदमै सकरात्मक प्रतिक्रिया सहित भुमिहिन, सुकुमबासीको हकमा भने बासोबासको ज्ञारेण्टी हुनुपर्ने सुझाब आएको प्राधिकरणका कार्यकारी अधिकृत अनन्तराज घिमिरे र राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले जानकारी दिए ।
प्राधिकरणका कार्यकारी अधिकृत अनन्तराज घिमिरेको अध्यक्षता एवम् राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यमा भएको छलफल तथा अन्तरक्रिया कार्यक्रममा स्थायी राजधानी रहेको क्षेत्र राप्ती गाउँपालिका, गढवा गाउँपालिका र अर्घाखाँचीको शितगंगा नगरपालिकाका जनप्रतिनिधि, स्थानीय राजनितिकदल र संघसंस्थाका प्रमुख प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
