
Ksb
Nsb
Bsn
jsb
Ssb
Ppu
Fmb
Gsb
Rsb
Ksb
Ksb
Csb
Ssb
Tgp
Rks
Usb

Tsb
Hl1
Ssb
Usb
Gsb

ptl
Nps
Rgu
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ७ स्थित पुर्व पश्चिम राजमार्गको पदमिनी खोला नजिकै सडक किनारमा राखिएको शंकास्पद बस्तु (प्रेसर कुकर) नेपाली सेनाले डिस्पोज गरेको छ । शनिबार राती गाडीवालाले गाडी रोकेर पिसाब गर्ने क्रममा उक्त वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
सडक किनारमा शंकास्पद वस्तु राखेको खबर पाए लगत्तै इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक राजिव श्रेष्ठ घटनास्थल पुगेका थिए । ‘रातिमा डिस्पोज गर्न सक्ने अवस्था थिएन, रातभरी हामीले सुरक्षा दिएर बिहान मात्र अवस्थालाई नियन्त्रणमा लिने काम भयो’ प्रहरी निरीक्षक श्रेष्ठले भने । प्रेसर कुकरमा नो एमसीसी लेखेर विद्युतका तारले जेलेर सडक किनारमा राखेको उक्त शंकास्पद बस्तुलाई रणसिंह दल गण घोराहीको बम डिस्पोजल टोलिका मेजर सन्तोष खत्रीको कमान्डमा घटनास्थल पुगेको टोलिले आईतबार बिहान करिब साढे ११ बजे उक्त वस्तु डिस्पोज गरेको हो ।
मेजर खत्रीका अनुसार घटनास्थलका बारेमा राम्रोसँग बुझेर डिस्पोज गर्न लागेको कारण समय लागेको हो । अन्य स्थानमा पनि राखेको हुन सक्छ भनेर घटनास्थललाई राम्रोसँग अध्ययन गरेर डिस्पोज गर्नु पर्छ, मेजर खत्रीले भने । चेकजाँच पछि मात्र त्यो बस्तु बम हो या अन्य कुनै बस्तु हो भनेर भन्न सकिने मेजर खत्रीले बताए ।
