
Pbu
Gsl
Nssbus7
Ddhbs
Jsbus
Ssbus
gms
Gsbus
Ratbs
Amb
Csbus
Bksbus5
Rbs
dsbus

Bbbpu
nsb
Gst
Pvg
Vor
Wsp
Hal
Asm
Sbs
Rgu
Ssm
Ksm
Ggd
Tsm
Rgu
Bbu
Sls
Rgs
Rsb

Rmb
Pls
Jmb
Abd
Bml
Gsb
bbt
Syp
Jmb
Ptm
sab
Mks
Rpp
गुल्मी । गएको जेष्ठ १० गते शनिबार अति क्रुर र अमानवीय घटना नेपालको पश्चिम रुकुममा घटेको सुन्नमा आएको छ ।घट्ना विवरण अनुसार तीन चार बर्षदेखी अन्तर्जातिय प्रेम सम्बन्धमा रहेको पश्चिम रुकुमकी मल्ल थरकी सत्र बर्षिय केटि र जाजरकोटका एकाइस बर्षका केटाबिचको सम्बन्ध बिबाहमा परिणत हुन नपाइ दुखद अन्त्य भएको छ।अठार जना जति साथिहरु लिएर केटि भगाउन भनेर गएका नबराज बिक गाउँलेको कुटाइबाट र अन्य पांचजना ज्यान बचाउन भेरीमा हाम फाल्दा डुबेर मरेको खबर छ ।तर शब भेटिएको छैन ।यस अघि यी दुई बीचको सम्बन्ध टुटाउन केटिका परिवारले प्रहरीमा उजुरी दिएका र केटाको परिवारलाइ धम्की दिएको पनि भनिएको छ ।उता लक डाउनमा नै भिड गाउँमा प्रबेश गरेको र त्रसित गाउँलेले बुझ्न खोज्दा घटना भएको भनिएको छ भने वडा अध्यक्ष र केटिको आमाले गाउँलेको भिड बोलाइ घटना घटाइएको समेत उल्लेख छ ।
यो घटनालाइ हेर्दा चारवटा मनोबिज्ञानले काम गरेको देखिन्छ । पहिलो अपरिपक्क योजना ,दोस्रो जनप्रतिनिधि जस्तो मान्छेमा भएको जातिय अन्धता ,तेस्रो प्रशासनको लापरबाही र चौथो छुवाछुतको अबस्था कायम हुनुबाट घटना हुन पुगे झै लागेको छ ।
प्रेममा मान्छे अन्धो हुन्छ भने झै भर्खर बिसको हाराहारीमा रहेका युवायुवतीले एक अर्काको रोजाइलाइ भावनामा बहकिएर सफल पार्न खोजेको देखिन्छ । उनीहरुलाई थाहा थियो परिबार र समाजले स्विकार्दै भन्ने ।किनकी न दुबै शिक्षा र आर्थिक दृष्टिकोणले सक्षम देखिन्छन न कानुनी सहायता लिने अवस्थाका छन ।अझै भन्ने हो भने कोरोनाको यो सन्त्रासमा भिडभाड गरि गाउँ छिर्ने योजना भएको छ ।जसले कानुनी अपब्याख्या हुने प्रस्तत आधार देखिन्छ्न । दोस्रो घटना सुनियोजित भएको देखिन्छ ।केटिलाइ फोन गर्न लगाएर तम्तयार भएका हुन कि भन्ने आशंका गर्न सकिन्छ ।ठूलो संख्यामा यसरी गाउँले एकैचोटि जुट्नु र चार किलोमिटर परसम्म लखेटेर मार्नु बर्बरताको नमुना पनि हो ।प्रहरीले खवर पाएर पनि नरोक्नु र वडाअध्यक्ष समेतले हान्ने आदेश दिनुको पछाडी घटना पुर्वनिर्धारित योजना बमोजिम थियो ।जनप्रतिनिधि जस्तो मान्छेले सामाजिक परिवर्तन नबुझ्नु र प्रहरीले कानुन बमोजिम काम नगर्नुले जातिय थिचोमिचो त्यो समाजमा जिबितै रहेको देखाउछ ।यी दुबै जिल्ला हिजो माओवादी आन्दोलनको प्रभाव रहेका जिल्ला पनि हुन ।यसले माओवादी आन्दोलनको उपलब्धि छुवाछूत मुक्त राष्ट्र र समानतापुर्ण नेपालको घोषणालाइ नराम्रोसंग गिज्जाएको छ ।हिजो आन्दोलनमा सारथि बनेका दलित बर्ग सत्तामा पुगेपछि अपहेलित हुनु र दलित बर्ग पनि आफ्नो हिजोको स्थितिबाट माथी उठन नसक्नुको कारण नै समाजको कुरुतिको रुपमा रहेको छुवाछूत र भेदभाव जिवित हुन सकेको हो ।
दलित अगुवा आफ्ना छोराछोरीलाई छात्राबृती दिलाउन मात्रै दलित बन्ने अघिपछि आफ्नै समुदायलाई हेलोहोचो गर्ने र संगै बसेर खाना समेत असहज मानेकै कारण दलित आन्दोलनले उचाइ लिन नसकेको हो ।
समुदायको निम्ति भन्दा नि आफ्नो निम्ति नै चाकडी गर्ने बानीले आन्दोलनमा अग्र मोर्चामा खटेपनि निर्णायक भोटको बाहुल्यता रहेको दलित आफै नेता हुने भन्दा नि बुख्याचा मात्रै ठहरिएका छन । समग्र दलितको चेतनास्तर,शिक्षा र आर्थिक अवस्था सुधार्न प्रयत्न नगरेकै कारण हिंसामा पर्ने र अपमानको सिकार हुनुपरेको स्पष्ट छ ।केवल ब्राह्मणबाद र हिन्दु धर्मले शोषण गर्यो भन्दा नि राज्यको संयन्त्रमा दर्हो उपस्थिति जनाउन नसकेकै कारण अपहेलित भएको बुझ्नुपर्छ ।किनकी हिजो बोक्सीको आरोपमा एकल महिला र त्यसमा पनि निमुखा नै प्रताडित हुने समाज यहि नै हो ।
बेदको पुर्न व्याख्या,बर्णाश्रमलाइ पेशा र जातलाइ पहिचानको रुपमा लिने स्थिती बनाउन दलित र गैरदलित मिलेर अब अघि बढ्नु जरुरी छ ।यस्तो मान्छेले मान्छेलाइ घृणा गर्ने सामाजिक अपराधका बिरुद्द एक भएर लाग्नुपर्ने जनप्रतिनिधि र समाजका अगुवाहरुमा यो खाले अन्धता रहेकोले दलित संघ,संस्थाले उहाँहरुसंग पहिलो सहकार्य गर्दै जनचेतनामूलक कार्यक्रम गर्नु अति जरुरी छ ।अर्को कुरा ,यो र यस्ता घटना हुनुमा प्रहरी प्रशासनको लापरबाही र बेवास्ता पनि देखिने गरेको छ ।उजुरी आइसकेपछी मिलापत्रका नाममा अलग गराउने वा उमेर नपुगेको देखाउने,अपहरणको आरोप लगाउने,घटनाको भावी प्रभाव नहेर्ने ,कानुनी परामर्शको लागि ब्यबस्था नगर्ने र कथित उपल्लो जातको पक्षमा प्रमाण बिनै काम गरेको देखिदै आएको छ ।प्रहरी प्रशासनको पहलमा अदालती बिबाहको प्रयास गरेको कतै सुन्निदैन ।यसो हुनुमा प्रहरी प्रशासनमा छुवाछूत सम्बन्धि बुझाइमा कमजोरी रहेको देखिन्छ ।यस घटनामा पनि प्रहरीले उजुरी आएपछी नवराज बिकलाइ एकचोटि थुनामा राखेको तर उनको कुरा नसुनिएको र हल्का रुपमा लिएकै कारण पनि यो पासबिक हत्या भएको हो भन्ने अनुमान यतिबेला गरिएको छ ।पछिल्लो पटक पनि प्रहरी मुकदर्शक बनेको भनिएको छ त्यो बारेमा अनुसन्धान हुनैपर्छ ।प्रहरी प्रशासनले महिला,बालबालिका र जातीय छुवाछूत मुद्दालाइ छुट्टै सेल वा शाखा मार्फत बिशेष रुपमा हेरिनुपर्छ ।उजुरी भन्दापनी घटनाको प्रकृति हेर्न सकेमा मात्रै यी घटना दोहोरिन सक्दैन्न ।
बास्तवमा एकाइसौ शताब्दीको कलंकको रुपमा रहेको छुवाछूतको घटना समाजमा भइरहनु भनेको कानुनी ब्यबस्थाले मात्रै नपुग्ने रैछ भन्ने देखियो ।यसको निम्ति निरन्तर तलसम्म काम गर्ने संयन्त्र हुनु जरुरी छ ।दलित आयोगको प्रतिनिधित्व स्थानीय तहमा पनि हुनुपर्ने देखियो ।पछिल्लो अनिबार्य एकजना दलित उम्मेदवार हुनैपर्ने ब्यबस्था निर्वाचन कानुनमा भएको परिवेशमा ती दलित उम्मेदवारको क्षमता बिकासमा बिशेष ध्यान दिनुपर्ने देखिन्छ ।पछिल्लो गुल्मीको कालीगण्डकीमा कार्यपालिकाको दलित सदस्यको परिवार माथी भएको घटनाले यहि उजागर गरेको छ ।दलित आन्दोलन एकल रुपमा भन्दा पनि सहकार्य र एक्यवद्धता मार्फत मात्रै सफल हुनसक्छ ।समाजमा यो वा त्यो रुपमा छुवाछूत एउटै समुदाय र फरक समुदायभित्र जिवित छ ।त्यो जनजाती ,ब्राह्मण र दलित भित्रै पनि छ ।यति हो अरुमा छोइछिटो देखिन्छ भने दलितसंग छुवाछूत नै गर्ने गरिएको देखिन्छ।
कुकुर घरभित्र छिर्न पाउने तर मान्छे छिर्न नपाउने न्यायसंगत छैन ।
सार्वजनिक ठाउँमा हुने यो भेदभाव नगण्य भएपनी बिबाहसम्बन्धमा अझै समस्या देखिएको छ ।यसको लागि दुबै पक्ष सामाजिक हैसियतमा माथी उठ्ने ,चुनौती सामाना गर्न सक्षम हुने र उदाहरणीय बिबाह सम्बन्ध राखेर समाजमा स्थापित हुने हो भने यस्तो अन्तर्जातिय बिबाह प्रोत्साहित हुने देखिन्छ । बिबाह भबिष्य बिताउन गरिने हुँदा सक्षमता खोजी जसले पनि गरेको हुन्छ ।केटाकेटी दुबै सक्षम नभए पारिबारिक हस्तक्षेप रहने देखिन्छ ।आफ्नै समुदायमा समेत शिक्षा,चरित्र र आर्थिक अवस्थालाई ध्यान दिएर बिबाह गराइन्छ भन्ने सामान्य बुझाइ राखिनुपर्छ ।
समग्रमा जातिय छुवाछूतको नाममा मान्छे मारिनु दुखद छ ।मुलुकी एन २०२० ले बन्देज गरेको प्रथा अझै बिद्द्मान हुनुका पछाडि ब्यबहारिक कठिनाइमा ध्यान नदिनु नै हो ।
आज पाँचौ गणतन्त्र दिवस मनाउदै गर्दा जन्मकै आधारमा कोहि नागरिक रैती र कोहि शासक हुने स्थितिको अन्त्य नहुनुमा हामिमा रहेको संकिर्णता हो ।सबैलाइ समान व्यबहार गर्न नसक्नु हो ।कानुन किनिनु हो ।सानालाइ एन ठुलालाइ चैन हुनु नै हो ।
तसर्थ थर बदलेर हुन्छ कि सस्कारमा परिबर्तन ल्याएर हुन्छ त्यसको निम्ति खुल्ला कानुनको ब्यबस्था गरिनुपर्छ ।धर्मको साझा उद्देश्य मानवसेवा हो ,यससंग बाझिने ब्याख्या हटाइनुपर्छ ।मान्छे,मान्छे बिचको विभेद जातको आधारमा रहनु हुदैन ।बैँस चल्ने पानी नचल्ने हुनुहुदैन ।कला चल्ने मान्छे हेपिने हुनुहुदैन ।सेते कामी,आइते सुनार र नबराज बिक जस्ता जातको झांतोमा पिसिएर घुन झै मारिन बन्द गरिनुपर्छ ।सरकार यो घटनाको जरैसम्म पुगेर अनुसन्धान गरि दोषी सबै माथी कानुनी कारबाही गर्न तयार हुनैपर्छ ।सामुहिक घटना भएको हुँदा छानबिन आबश्यक छ ।जोसुकैले आगोमा हात हाल्दा सेप्टी अपनाउन पर्छ ।मुर्खता कतैबाट हुनुहुदैन ।सबै जात उपल्लो नै हुन ।शिक्षा ,आनिवानी र आर्थिक अबस्थामा सुधार ल्याउन लाग्नैपर्छ ।आफ्नो समुदायका अब्बल मानिसहरु तयार गर्न आजैबाट लाग्ने प्रण गरिनुपर्छ ।गणतन्त्र दिवस २०७७ ले छुवाछूत मुक्त नेपालको आभास दिलाएर सबै बर्ग र जातिको समान पहिचान स्थापित गर्न सकोस ।शुभकामना ।
