
sbs
Gfs
Ggp
Unsku
Rgp
Gis
Srbpu
Sgr
Sds
Pbu
pku
Lnp
cjs
Cps
Pes
Rmb
Rgp1
Djs
Rgp

Rgu
Sls
Ssm
Rgs
Ksm
Asm
Ggd
Hal
Sbs
Rsb
Tsm
Wsp
Pvg
nsb
Bbbpu
Gst
Vor
Bbu
Rgu

Jmb
Abd
Pls
Rpp
Ptm
Bml
sab
Syp
Gsb
bbt
Mks
Rmb
Jmb
पोखरा । एक युवकको हत्यामा संलग्न रहेको भन्दै प्रहरीले प्युठानका दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलय कास्कीले पोखरा महानगरपालिका वडा नंवर २६ सुन्दरी बजारमा परिवारसहित बस्दै आएका २४ वर्षीय सुजन विकको हत्यामा संलग्न रहेको आरोपमा उनिहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा प्युठान गौमुखी गाउँपालिका वडा नंबर ३ डिही गाउँ घर भएका वर्ष २३ का थमन मगर र वर्ष २१ का प्रकाश घर्ती मगर रहेको जिल्ला प्रहरी कार्यालय कास्कीमा प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए । ‘पक्राउ परेका दुवै जना बिजुलीको पोल गाड्ने मजदुर रहेको खुलेको छ’उनले भने। ’गत शनिबारदेखि हराएका विकको शव प्रहरीले ३ दिनपछि मंगलबार साझ अर्घौ चोक देखि ३ सय मिटर भित्र खेतमा माटोले पुरेको अवस्थामा फेला पारेको थियो ।
फर्निचर पसलमा काम गर्ने व्यक्तिले बारी गोडमेल गर्ने क्रममा उनको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले पोखरामा एक साता अघि मात्र पोखरा महानगरपालिका १४ निवासी २२ वर्षीय विमल रानाभाटको शव हत्या गरेर गाडेको अवस्थामा फेला परेको थियो ।
