
Ses
Srbpu
Unsku
Rgp1
pku
Ggp
Gfs
Sgr
Pes
Djs
Lnp
cjs
Pbu
Rgp

Ggd
Hal
Bbbpu
Rgu
Vor
Sls
nsb
Wsp
Rgs
Bbu
Asm
Ksm
Ssm
Pvg
Gst
Sbs
Rgu
Rsb
Tsm

Abd
Gsb
Jmb
Ptm
Rpp
Mks
Pls
Rmb
sab
Bml
Syp
Jmb
bbt
काठमाडौं । राष्ट्रियसभा सदस्यको १९ सिटका लागि आज निर्वाचन हुँदै छ । बुधबार आज बिहान ९ बजेदेखि ३ बजेसम्म सातै वटै प्रदेशमा राष्ट्रिय सभाको निर्वाचन हुन लागेको हो ।
त्यस्तै आयोगले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । शान्ति सुरक्षा,स्वास्थ्य मापदण्ड तथा निर्वाचन स्थल र केन्द्र निर्माण लगायत गर्नुपर्ने निर्वाचन व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भएको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिनु भयो ।
मुलुकका विभिन्न प्रदेशमा कायम रहेका आठ मतदानस्थल र १४ केन्द्रमा मतदान हुनेछ । प्रदेश १ मा तीन,मधेश प्रदेशमा दुई,बागमती प्रदेशमा दुई, गण्डकी प्रदेशमा तीन, लुम्बिनी प्रदेशमा तीन, कर्णाली प्रदेशमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन पदका लागि निर्वाचन हुँदै छ । आगामी फागुन २० गते नेकपा एमालेका आठ,नेकपा (एकीकृत समाजवादी)का चार, नेकपा (माओवादी केन्द्र)का चार र नेपाली कांग्रेसका तीन राष्ट्रियसभा सदस्यको पदावधि समाप्त हुने भएकाले रिक्त स्थानका लागि निर्वाचन हुन लागेको हो ।
यस्तै सदस्यको पदावधि समाप्त हुनु ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ । सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने नौ राजनीतिक दलका उम्मेदवार चुनावी मैदानमा छन् ।
जम्मा १४ मतदान केन्द्र
निर्वाचनका लागि निर्वाचन आयोगले प्रदेश १ मा दुई वटा मतदानस्थल र अन्य ६ प्रदेशमा एक एक वटा मतदानस्थलभित्र दुई दुई वटा मतदान केन्द्र रहने गरी १४ वटा मतदान केन्द्र तोकेको छ । त्यस्तै प्रदेश १ मा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष एवं नगरपालिका प्रमुख र उपप्रमुखको लागि प्रदेश निर्वाचन कार्यालय, विराटनगर, प्रदेश सभा सदस्यका लागि बाली संरक्षण प्रयोगशालामा मतदानस्थल तोकिएको छ ।
यसैगरी,प्रदेश २ का लागि महेन्द्रनारायण निधि भवन,बागमती प्रदेशका लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृह,गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय पोखरा,लुम्बिनी प्रदेशका लागि कर्मचारी मिलन केन्द्र दाङ,कर्णाली प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय सुर्खेत र सुदूरपश्चिम प्रदेशका लागि प्रदेश सभा भवन, धनगढीमा मतदान स्थल तोकिएको छ । आयोगका अनुसार नेपाली कांग्रेस,नेकपा एमाले, नेकपा माओवादी केन्द्र,नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा,लोकतान्त्रिक समाजवादी पार्टी नेपाल,नेपाल मजदुर किसान पार्टी,जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचनमा भाग लिएका छन् ।
निर्वाचनका लागि प्रदेशसभा सदस्य तथा पालिका प्रमुख र उपप्रमुख गरी दुई हजार २५ मतदाता कायम छ । निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र पालिका प्रमुख र उपप्रमुखको मतभार १८ हुनेछ ।निर्वाचनमा स्थानीय तहका एक हजार ४९३ र प्रदेशसभाका ५३२ मतदाता रहने छन् । मतदाता आज साँझसम्म मतदानस्थल र केन्द्र तोकिएका स्थानमा पुग्ने अपेक्षा गरिएको छ ।
त्यसैगरी निर्वाचनबाट सात महिला,तीन दलित,दुई अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र सात अन्य समूहका उम्मेदवार निर्वाचित हुनेछन् । प्रबुद्ध वर्गको प्रतिनिधित्व रहने ५९ सदस्सीय राष्ट्रियसभाका एकतिहाइ सदस्य प्रत्येक दुई वर्षमा पदावधि समाप्त हुने सवैधानिक व्यवस्था रहेको छ ।
