Sidha Patra मंगलबार, माघ ०४, २०७८

काठमाडौं । अफगानिस्तानमा भूकम्प जाँदा २६ जनाको मृत्यु भएको छ । पश्चिमी अफगानिस्तानमा ५.३ म्याग्निच्युटको भूकम्प जाँदा २६ जनाको मृत्यु भएको समाचार एजेन्सी एएफपीले जनाएको छ ।

बादघिस प्रान्तको कादिस जिल्लामा भूकम्पले धेरै क्षति पुर्याएको छ । भूकम्पका कारण धेरै भौतिक संरचनाहरु भत्किएका छन् । तुर्कमेनिस्तानसँग सीमा जोडिएको यो प्रान्त पहाडी क्षेत्र हो, जसलाई अफगानिस्तानको गरिब र अविकसित क्षेत्र मानिन्छ । सो क्षेत्रमा पहिलो भूकम्प गएको दुई घण्टापछि दोस्रो धक्का महसुस गरिएको थियो ।

भूकम्पको कारण घरको छत खसेर च्यापिंदा मानिसहरुको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । प्रान्तका प्रवक्ता बाज मोहम्मद सरवरीले समाचार एजेन्सी एएफपीसँग भनेका छन्– भूकम्पबाट पाँच महिला र ४ बालबालिकासहित २६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

आपतकालीन सन्चालन केन्द्रका प्रमुख मुल्ला जनानले समाचार एजेन्सीलाई दिएको जानकारी अनुसार त्यहाँका ७ सय भन्दा बढी घर क्षतिग्रस्त भएका छन् । भूकम्पले मुकर जिल्लामा पनि क्षति पुगेको छ । तर त्यहाँको विवरण प्राप्त भइसकेको छैन ।

भूकम्प प्रभावित क्षेत्रमा भारी वर्षा पनि भएको छ । उद्धार जारी रहेकाले हताहतीको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

भारतमा पनि भूकम्प

यसैबीच मंगलबार बिहानै भारतको अरुणाचल प्रदेशमा पनि भूकम्पको धक्का महसुस गरिएको छ । आज बिहान साढे चार बजे ४.९ म्याग्निच्युटको भूकम्प गएको भारतको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

हालसम्म भूकम्पले क्षति पुर्याएको जानकारी प्राप्त नभएको भारतीय मिडियाहरुले लेखेका छन् ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भारतको पूर्वोत्तर क्षेत्रमा सोमबार राति पनि ३० मिनेटको अन्तरालमा दुई पटक साना भूकम्पको धक्का महसुस गरिएको थियो ।अनलाइनखबर

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]