Sidha Patra बिहिबार, जेठ ०१, २०७७

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसको संक्रमण कहिले समाप्त नहुन पनि सक्ने चेतावनी दिएको छ । विश्वब्यापी महामारीकारुपमा देखिएको कोरोनाका कारण झण्डै ३ लाख मानिसको ज्यान गइसकेको छ । विश्वका शक्तिशाली राष्टहरु कोरोनाका चरम चपेटामा आइसकेका छन् ।

विश्वभरका बैज्ञानिकहरु कोरोनाको खोप बनाउन जुटेका बेला विश्व स्वास्थ्य संगठनले कोरोनाको संक्रमण अत्यन नहुनु पनि सक्ने चेतावनी दिएको हो । डब्ल्यूएचओ आपतकालीन सवाल निर्देशक माइकल रायनले रुप बदलेर भएपनि कोरोना रहिरहने सम्भावना रहेको बताए । ‘कोरोना क्षेत्रअनुसार रूप बदलेर अर्को भाइरस बनेर बसिरहन सक्ने देखिन्छ, कहिले समाप्त नहुन पनि सक्छ,’ जेनेभामा भएको भर्चुअल प्रेस सम्मेलनमा उनले भने ।

कोरोनाबिरुद्धको खोप बनेपनि तत्काल अन्त्य नुहने विश्व स्वास्थ्य संगठनले बताएको छ । मानिसमा रोग प्रतिरोधी क्षमता विकास हुन केही समय लाग्ने र त्यो क्षमता बृद्धि नहुँदासम्म कोरोनाको त्रास विश्वभर रहिरने उनले बताए । संसारभर अहिले कम्तीमा एक सय वटा खोप विकास भइरहेका छन्। तरपनि भरपर्दाे खोपको विकास भएको छैन ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]