
Unsku
Gipsg
gst
Gsg
Gst
Gmssl
Sebsg
Pbu
Gipsg

Tsm
Vor
Bbbpu
Gst
Asm
Pvg
Ssm
Wsp
Ksm
Sls
Bbu
nsb
Ggd
Rgu
Rgs
Rgu
Hal
Sbs
Rsb

sab
Abd
Jmb
Syp
Bml
bbt
Mks
Rmb
Pls
Ptm
Gsb
Rpp
Jmb
दाङ । लुम्बिनी प्रदेश प्रहरी नायब महानिरीक्षक डिआईजि प्रकाश अधिकारी विहान उठ्छन् मर्निङवाकसंगै उनले बिभिन्न ठाउँको अवलोकन छ्ड्के अनुगमन पनि गर्छन् ।
भर्खरै मात्र लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङमा सरुवा भएर आउनु भएका डिआइजी अधिकारी मर्निङवाकबाट फर्किसकेपछि उनी सरसफाई गर्छन् । त्यसपछि मात्र चिया नास्ता खान्छन् । देशको शान्ति सुरक्षा कायम गर्ने भनि देश र जनताको नाममा सपथ खाएका डिआइजी अधिकारीले सधै देशकै शान्ति सुरक्षाको चिन्ता गर्छन् । उनी प्रदेशको जिल्ला भित्रको सुरक्षाको बिषयमा अपडेट निरन्तर हुन्छन् । त्यसपछि प्रदेशको शान्ति सुरक्षा कायम गर्न आफु मातहतका जिल्ला प्रमुखहरुलाई आबश्यक निर्देशन दिन्छन्,भने प्रहरी प्रधान कार्यालय काठमाडौंलाई पनि जानकारी गराउँछन् ।
अवस्था र परिस्थिती अनुसार खाना खाँदै पनि हिड्नु पर्ने अवस्था आउँछ । १० बजे कार्यालयमा पुग्छन् । उनको क्वाटर कार्यालयको करिब दुई किलोमिटर बजारमा छ । कार्यालयमा पुगेर उनले सुरुमा ईमेलहरु चेक गर्छन्, केन्द्रबाट आएका परिपत्रहरु हेर्छन् । केन्द्रबाट आएका परिपत्रहरु आफु मातहत कार्यालयहरुले कार्यान्वायन गरे, नगरेको अनुगमन गर्छन् ।
त्यसपछि प्रहरीसंग केही गुनासो तथा समस्या लिएर गएकाहरुसंग छलफल गर्छन् । त्यसपछि दिउसो नास्ता खान्छन् । उनले कार्यालयमा जस्तो नास्ता उपलब्ध हुन्छ, त्यस्तै खानेगरेका छन्, उनको रोजाईको नास्ता हुनुपर्छ भन्ने छैन् ।
नास्ता खाएपछि उनले आफू मातहतका कर्मचारीहरुसंग छलफल कुराकानी गर्छन्, भने गुनासाहरु समेत सुन्छन् । कार्यालय सञ्चालन सम्बन्धी छलफल गर्छन् । जिल्लाका युनिटको अवस्थाको बारेमा चेकजाँच गर्छन् ।
कहिलेकाहीं त उनलाई अफिसको कामले घरपरिवारलाई सम्झने समय समेत मिल्दैन् । सधै आफनो काममा अडिग रहने डिआइजी अधिकारी करिब ५ बजेतिर कार्यालयबाट आफ्नो क्वाटरमा फर्कन्छन् । क्वाटरमा पुगेर उनले किताब, पत्रपत्रिका पढ्ने, टिभि हेर्ने गर्छन् । समय मिलेसम्म कहिलेकाहीँ डिआइजी अधिकारी अम नागरिक भएर सिबिलमा बजार निस्केर छ्ड्के अनुगमनमा घुम्ने गर्छन् ।
त्यसपछि उनी सामाजिक सञ्जालमा ब्यस्त हुन्छन् । सामाजिक सञ्जालबाटै उनले आफ्नो घरपरिवार, साथीहरुसंग कुराकानी गर्ने गर्छन् । देश र जनताका लागि खटिएकोले घरपरिवारबाट भने त्यस्तो गुनासो आउदैन्, किनकी उनले आफ्नो परिवारसंग आफ्नो कामको बारेमा ‘कन्भिन्स’ गरिसकेका छन् । प्रहरीमा लामो जागिर र अनुभव रहेका डिआइजी अधिकारीलाई काम गर्न पनि त्यति गाह्रो छैन् । प्रहरी प्रधान कार्यालय बिभागले दिएको जिम्मेवारी पुरा गर्ने प्रतिबद्ध रहेको डिआइजी अधिकारी बताउँछन् ।
