
Mbdvs
Rbs
Sds
Gmk
Ksm
Gisld
mbd
Pbu
Anm

Tsm
Asm
Pvg
Vor
Bbu
Wsp
Hal
Ksm
Sbs
nsb
Bbbpu
Sls
Rgs
Rgu
Gst
Rsb
Ssm
Rgu
Ggd

bbt
Bml
Pls
Syp
sab
Abd
Ptm
Rpp
Gsb
Mks
Jmb
Jmb
Rmb
पाकिस्तान । राजधानी इस्लामावाददेखि उत्तरी क्षेत्रमा अवस्थित मुरी सहरको हिलटपमा हिउँ हेर्न पुगेका मानिस हिउँमा पुरिँदा उनीहरुको मृत्यु भएको हो । हिमपातका कारण एक हजारभन्दा बढी सवारी साधन अलपत्र परेका छन् ।
त्यस्तै मृत्यु हुनेमा प्रहरी,उनकी श्रीमति र उनीहरुका ६ सन्तान अर्को पाँच जनाको परिवारसमेत रहेका छन् । हिउँका कारण अवरुद्ध सडक पन्छाउन र हिउँमा फसेका व्यक्तिहरुको उद्दार कार्यमा सेना खटिएको छ ।
सो क्षेत्रमा ठूलो संख्यामा एकै पटक मानिसहरु भ्रमण गर्दा संकट निम्तिएको गृहमन्त्री शेख रशिदले बताएका छन् । पछिल्लो समयमा सो सहरमा एक लाखभन्दा बढी कार पुगेका थिए भने सामाजिक सञ्जालमा हिउँमा रमाएका मानिसका तस्बीर र भिडियो भाइरल भएका थिए ।
यसैगरी हिउँका कारण सयौं पर्यटकहरु अलपत्र परेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । बढ्दो हिमपात र सवारी चापका कारण सरकारले त्यहाँ विपद् घोषणा गरेको छ ।
