
Pes
Sgr
pku
Ggp
Unsku
Gfs
Lnp
Srbpu
Pbu
cjs
Djs
Rgp1
sbs
Rgp

Asm
Ggd
Rgs
Vor
nsb
Bbbpu
Hal
Rsb
Rgu
Rgu
Tsm
Ssm
Sls
Sbs
Pvg
Gst
Bbu
Ksm
Wsp

Rpp
Rmb
Pls
sab
Ptm
Jmb
Syp
Abd
Mks
Jmb
bbt
Bml
Gsb
दाङ । बिरामी भइयो भने उपचार गर्न भारतमा जानु पर्दथ्यो । कोइलाबासमा गढवा गाउँपालिकाले एमबुलेन्स ल्याएर स्वास्थ्य चौकीलाई हस्तान्तरण गर्दा निकै खुसी लाग्यो–गढवा ८ खबरीनाका बस्ने मानमाया गुरुङले भन्नुभयो । एमबुलेन्स नहुँदा हामीलाई बिरामी हुँदा उपचार गर्न कठिन थियो । रात बिरात बिरामी भएर कैयौ नागरिकले साधन नहुँदा समयमै उपचार नपाउँदा अकालमै ज्यान गुमाएका छन् ।
कोइलाबासमा एमबुलेन्स आएको देख्दा अब समयमा उपचार पाइन्छ भन्नेमा ढुक्क भएका छौं–गढवा ८ डाँडागाउँ निवासी पिउमाली घर्तिले भन्नुभयो । गुरुङ र घर्ति जस्तै बिहिवार कोइलाबासको स्वास्थ्य चौकीमा एमबुलेन्स आएको देखेर हस्तान्तरण कार्यक्रममा उपस्थित भएका सबै नागरिकहरु खुसी भएका छन् । बिरामी हुँदा साधनको अभावमा उपचार गर्न भारतको तुलसीपुर र बलरामपुर जानुपर्ने बाध्यता थियो । अब सानोतिनो बिरामी हुँदा पनि अर्काको देशमा उपचार गर्न जानुपर्ने बाध्यता टरेको छ । नेपाली भएर नेपालमै उपचार गर्ने सुविधा गाउँपालिकाले कोइलाबासमा दिएको एमबुलेन्सले ल्याएको छ–गढवा ८ डाँडागाउँकी राजकुमारी बिश्वकर्माले भन्नुभयो । अबका दिनमा समयमै उपचार पाउने आशामा कोइलाबासका नागरिकहरु खुसी भएका छन् ।
नाकाबासीहरुलाई एमबुलेन्स नहुँदा भएको कठिनाईलाई मध्यनजर गर्दै गाउँपालिकाले एमबुलेन्स खरिद गरेर स्वास्थ्यचौकीलाई हस्तान्तरण गरेको हो । यसको अधिकतम सेवा सुविधा यहाँका नागरिकले लिन सक्नुपर्छ–गाउँपालिकाका अध्यक्ष सहजराम यादवले एमबुलेन्स हस्तान्तरण कार्यक्रममा बताउनुभयो । हामी नाकाबासी नागरिकहरुका समस्या बुझेका छौं त्यसै अनुरुप गाउँपालिका र वडा कार्यालयको तर्फबाट बिकास र समृद्धि अगाडी बढाईरहेका छौं । सडक निर्माणको कार्यले सार्थकता पाउँदा कोइलाबास अब सुगम भै सकेको छ–अध्यक्ष यादवले भन्नुभयो । एमबुलेन्स ल्याउनका लागि म वडा अध्यक्ष भएदेखि धेरै पहल गरें । गाउँपालिकाले पनि मेरो पहलको संबोधन गर्यो । अबका दिनमा नाकाबासीहरुले सहज रुपमा एमबुलेन्स सेवा पाउने भएकोमा मलाई पनि धेरै गर्भ लागेको छ । जनताका लागि प्रदान गर्ने एमबुलेन्स सेवा दिन पाएकोमा एउटा धोको पुरा भएको छ–वडा अध्यक्ष सद्दाम सिद्दिकीले भन्नुभयो ।
लमही–कोइलाबास सडक निर्माणले सार्थकता पाएपछि बिस्तारै कोइलाबासको मुहार फेरीन थालेको स्थानीयबासीहरु बताउछन् । मुसी नाकाको बस्ति अध्यारोमा थियो । गाउँपालिकाले बिद्युत्त पुरयाएपछि त्यहाँका नागरिकहरुलाई सहज भएको छ । कोइलाबासबाट मुसी नाका र खबरी नाका पुग्ने सडकको टे«याक पनि खुलेको छ । खबरीनाकामा बिद्युत्तको पहुँच पुग्दै छ । त्यसैगरी कोइलाबासमा आँखा अस्पताल र भ्युटावर समेत निर्माण भएको छ । डाँडागाउँ र कोइलाबास बजारका शाखा सडकहरुमा पक्किनाली र ग्राभेल तथा कालोपत्रे गर्ने कार्य पुरा भएको छ । एमबुलेन्स पनि पुगेपछि अब त्यहाँका नागरिकहरु साधन अभावमा अकालमा ज्यान गुमाउनुपर्ने बाध्यता टरेको छ ।
यसैबिच गढवा गाउँपालिकाले १० लाख ७९ हजारको लागतमा नेपाल सरकारबाट भन्सार राजश्व छुट गरी खरिद गरेको एमबुलेन्स एक कार्यक्रमका बिच कोइलाबास स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको छ । बिहिवार एक कार्यक्रमका बिच गाउँपालिकाका अध्यक्ष सहजराम यादवद्धारा वडा अध्यक्ष सद्दाम सिद्दिकी र कोइलाबास स्वास्थ्य चौकी प्रमुख कृष्ण प्रसाद आचार्यलाई एमबुलेन्स हस्तान्तरण गरिएको हो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लालबहादुर योगी,आर्थिक प्रशासन शाखाका प्रमुख पुनाराम शर्मा र स्वास्थ्यकर्मि तथा स्थानीय नागरिकहरुको उपस्थिती रहेको थियो ।

