Sidha Patra आइतबार, पुष ११, २०७८

दाङ । बबई गाउँपालिका वडा नम्बर १ गंगटेमा बिजुलि पुगेको छ । बबई गाउँपालिकाको ६७ लाख र नेपाल विद्युत प्राधिकरणको करिब २ करोड ५० लाख लागतमा गंगटेमा विद्युत पुगेको हो ।

स्थानीय सरकार आएपछि गाउँमा पहिलोपटक बिजुली बत्ति बलेको हो । बबई गाउँपालिका सदरमुकाम हपुरेदेखि करिब २४ किलोमिटर टाढा पर्ने गंगटेमा विद्युत विस्तार गरिएको हो ।

गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलले बबई गाउँपालिकालाई नै उज्यालो बनाउने उद्देश्य अनुरुप गंगटेमा पनि विद्युत विस्तार गरिएको बताउनुभयो । गाउँपालिकाका विकट वस्तीमा विद्युत पु¥याउने योजना अनुरुप नै गंगटेमा पहिलोपटक विद्युत विस्तार गरिएको उहाँले बताउनुभयो ।

उहाँले विद्युत विस्तार हुनुमात्रै ठुलो कुरा नभएको भन्दै दिर्घकालिन बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । बिजुली पुगेपछि स्थानीयलाई मोबाईल चार्ज गर्न, बत्ति बाल्न, गाउँमा विद्युतिय मिल संचालन गर्न सहज हुने भएको छ ।

विद्युत नहुँदा बालबालिकालाई पढ्न समेत समस्या हुने गरेको थियो । गाउँमा विद्युत आएपछि बालबालिकाले रातको समयमा ढुक्कले पढ्न पाउने भएका छन् । आर्थिक वर्ष २०७५÷७६ देखि शुरु भएको योजना करिब तीन वर्षपछि सम्पन्न भएको हो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]