
Unsku
Gipsg
Sebsg
Gst
Gipsg
gst
Gmssl
Pbu
Gsg

Tsm
Ssm
Hal
Sls
Bbbpu
Ggd
Asm
Vor
Rgu
Pvg
Rsb
Ksm
Sbs
nsb
Wsp
Gst
Bbu
Rgu
Rgs

Mks
Ptm
Jmb
Bml
sab
Rpp
bbt
Gsb
Abd
Syp
Pls
Rmb
Jmb
बुटवल । नेत्रहिन युवा संघ नेपाल रुपन्देहीको आयोजनामा ‘समावेशी लोकतन्त्रको सार्थकता, हरेक क्षेत्रमा दृष्टिविहिनहरुको उल्लेखनिय सहभागीता’ भन्ने मुल नाराका साथ अपाङ्गता समावेशी विकासमा स्थानिय तहको भुमिका’ विषयक अन्तरक्रिया कार्यक्रम भएको छ ।
नेपाल नेत्रहिन युवा संघका केन्द्रीय अध्यक्ष कलारधर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा तिलोत्तमा नरपालिकाका स्वास्थ्य,शिक्षा,सामाजिक विकास शाखाका प्रमुख तथा प्रतिनिधिहरु,दृष्टि विहिनता भएका विद्यार्थी तथा सरोकारवालाहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा कार्यपत्र प्रस्तुतगर्दै नेत्रहिन युवा संघ नेपालका केन्द्रीय अध्यक्ष कलाधर भण्डारीले संविधानमा अपाङ्गता र समावेशीताको अवस्था, अपांगतामैत्री शिक्षा तथा भौतिक सुविधा लगायतको विषयमा प्रकाश पारेका थिए ।
त्यस्तै अपाङ्गता भएका व्याक्तिहरुको राजनीतिक क्षेत्रमा पहुँच वृद्धिको साथै स्थानिय सरकार र तहमा उनीहरुको सहभागीताको क्षेत्र लगायतको विषयमा प्रकाश पारेका थिए । कार्यक्रममा बोल्दै उनले अपाङ्गताको क्षेत्रलाई के कसरी स्थानियकरण गर्न सकिन्छ र उनीहरुको पहुँचमा के कसरी वृद्धि र विकास गर्न सकिन्छ भन्ने विषयमा प्रकाश पारेका थिए ।
कार्यक्रममा बोल्दै नेत्रहिन संघ रुपन्देहीका अध्यक्ष कृष्ण बहादुर जिसीले अपाङ्गताको विषयमा पनि नेत्रहिन, न्युन नेत्रहिन लगायतकाहरुको समस्या जटिल भएको भन्दै उनीहरुको शिक्षा तथा भौतिक क्षेत्रमा पहुँच वृद्धिका लागि स-साना कुरामा परिर्वतन ल्याएमा संभव भएको बताए ।
उनले शिक्षामा न्यून दृष्टिविहिनता भएका व्याक्तिहरुको लागि केही ठुलो किताव वा कितावमा अक्षरको आकार वृद्धि गरेर सहज पुहँच विस्तार गर्न सकिने भन्दै यसको लागि नरपालिका शिक्षा शाखाले विशेष ध्यानदिनुपर्ने बताए ।
यस्तै नेत्रहिन युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष टिकराम पौडेलको सञ्चालनमा भएको कार्यक्रममा उपाध्यक्ष जीवन पोखरेलले स्वागत मन्तव्य राखेका थिए । नगरपालिका स्वाथ्य शाखा प्रमुख, शिक्षा साखा प्रमुखहरुले आफ्नो प्रतिवद्धता मन्तव्य राखेका थिए ।

