
Gsg
Sebsg
Gipsg
Gipsg
Gst
Unsku
gst
Gmssl
Pbu

Hal
Bbu
Rgs
Sbs
Rsb
Rgu
Ksm
Sls
nsb
Vor
Asm
Gst
Ggd
Tsm
Pvg
Rgu
Bbbpu
Ssm
Wsp

Pls
Rmb
Rpp
Mks
Jmb
Jmb
Gsb
Bml
bbt
Ptm
Syp
Abd
sab
दाङ । गढवा गाउँपालिका वडानं. ५ खजरौटा निवासी क्रिमलाल चौधरी रोजगारको शिलशिलामा धेरै बर्ष बिदेशमा बस्नु भयो ।
भारतको गंगानगरमा बसेर अर्काको नोकरी गर्दै गर्दा कोभिड–१९ को महामारी आयो । कोभिड बाट सुरक्षित हुन उहाँ नेपाल घर आउनु भयो । बरु मरेपनि आफ्नै गाउँमा मरम्ला तर अर्काको देशमा मर्न नपरोस भनि म भारतबाट फर्किए ।फर्किएपछि स्वदेशमै घर परिवारसंग संगै बसेर जिविकोपार्जनको केहि काम गरेर स्वदेशमै रमाउने मन जाग्यो–उहाँले भन्नुभयो ।
क्रिमलालसंग बयवसाय गर्ने पैसा पनि थिएन । भारतको जागिरले एनकेन परिवार पालेका क्रिमलाल लाई स्वान संसथाले फेला पार्यो । के खोज्छेस काना,आँखा भनेझैं स्वानले ब्यवसायमा सपोर्ट गर्ने आश्वासन दिएपछि मैले ठेला ब्यवसाय गर्ने र चार्ट तथा पानीपुडी बेच्ने निधो गरें–उहाँले भन्नु भयो ।
स्वान नेपालले ३० हजारको लगानीमा ठेलागाडा, ग्याँस चुल्हो र सिलिण्डरको जोहो गरिदियो । त्यसमा केहि पैसा आफ्नो पनि लगाएर बिगत १ बर्ष अघि ठेला बयवसाय सुरु गरें,अहिले राम्रै आम्दानी भएको छ–चौधरीले भन्नुभयो ।
अर्काको जागिर,त्योपनि घर परिवारबाट टाढा बसेर अर्कैको बिरोनो देशमा लामो समय बिताएँ । अहिले आफ्नै देश र घर परिवारसंग बसेर पानीपुडी र चार्ट को ठेला ब्यवसाय गरेको छु । दैनिक ७ सय देखी १ हजार सम्म खर्च कटाएर कमाई गरेको छु । गढवा–४ को वडा कार्यालयको नजिकमा ठेलागाडा राख्छु, ग्राहक नभए गाउँमा पनि घुमाउँछु । चार जनाको परिवार पालेर मासिक ३० हजार हाराहारी कमाएको छु बिदेश किन पो जानु पर्यो–उहाँले भन्नुभयो । गाउँघरमै बसेर खरदारले खाने तलब कमाई भएको छ,म संन्तुष्ठ छु । बिदेशमा नपसेर आफ्नै देशमा केहि गरेर आत्मनिर्भर बन्न सकिदो रहेछ–चौधरीले भन्नुभयो ।
क्रिमलाल चौधरीले जस्तै स्वान नेपालको आर्थिक सपोर्टमा गढवा ५ खजरौटाका अन्य ६ जनाले बिदेशबाट फर्केर कसैले बाख्रा पालन गर्नु भएको छ भने कसैले कुखुरा पालन गरेर आत्मनिर्भर बन्नु भएको पाइएको छ । सोही गाउँका लक्ष्मि प्रसाद चौधरी कतारबाट फर्केपछि स्वानको ३० हजार सहयोगमा बाख्रा पालन गरेको बताउनु हुन्छ ।
तिनवटा बाख्राबाट सुरु गरेको ब्यवसाय अहिले माउ–पाठा गरेर १८ वटा बनाएको छु–उहाँले भन्नुभयो । त्यत्ति मात्र होइन सोही गाउँकै बंसराज रैदास,सुन्तली चौधरी,शिबप्रसाद रैदास र सरिता चौधरीले स्वान नेपालको ३० हजार सपोर्टमा बाख्रापालन ब्यवसाय गरेर घर परिवार चलाउनु भएको छ भने मिना चौधरीले ब्रोइलर कुखुरा पालेर आफ्नो जिविका राम्रैसंग चलाएको बताउनु हुन्छ । स्वानले हामीलाई सहयोग गरेर बाटो देखायो अब हामी आफ्नै खुट्टामा उभिएका छौं–उहाँहरुको भनाई छ ।
रोजगारको खोजिमा बिदेश गएर पनि कोभिड महामारीका कारण निरास भै घर फर्केका बिपन्न र सिमान्तकृत समुदायका नागरिकहरुलाई स्वान नेपालले पहिचान गरि रोजगार तर्फ उन्मुख गराएको स्वानका कार्यक्रम संयोजक रेवन्त चौधरीले जानकारी दिनुभयो । यसरी स्वान नेपालले कोभिड प्रभावित भएर स्वदेश फर्केका गढवाका केहि नागरिकहरुलाई आत्मनिर्भर बन्ने मार्ग प्रसस्त गरेकोमा गढवा गाउापालिकाका अध्यक्ष सहजराम यादवले प्रशंसा ब्यक्त गर्नुभयो । स्वदेशमै केहि गरियो भने मजासंग जिवन गुजार्न सकिन्छ भन्ने यौटा गतिलो उदाहरण दिएका गढवा ५ खजरौटाका यि नागरिकहरुले समाजलाई सकारात्मक सन्देश त दिएकै छन् अर्कोतिर स्वदेशमै बसेर सजिलै कमाउन र जिविका चलाउन सकिने उदाहरण देखाएका छन् ।
