राजेश समर्पण बिहिबार, बैशाख २५, २०७७

रोल्पा : चट्याङ लागेर रोल्पामा बिहीबार दुई जनाको ज्यान गएको छ ।

जिल्लाको लुङ्ग्री गाउँपालिका २ सिर्पमा  चट्याङ लागेर स्थानिय ६३ वर्षीय भिमबहादुर विक र ४० वर्षीय चित्रबहादुर पुनको मृत्यु भएको हो । विक र पुन छिमेकी हुन् । बिहान साढे ८ बजे परेको चट्याङले दुवैको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।चट्याङमा परी विक भान्छा कोठा नजिकै ढलेका थिए । पुन शौचालय जाँदै गरेका बेला चट्याङमा परेको लुंग्री गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर खड्काले जनाए । घटनालगत्तै सिर्पमा रहेको प्रहरी घटनास्थल पुगेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक चित्रबहादुर गुरुङले जनाकारी दिनुभएको छ । इलाका प्रहरी चौकी सुलिचौरबाट सइको कमाण्डमा ठप प्रहरी सिर्प पुगेर घटनाको मुचुल्का उठाएको छ । भिमबहादुरको नातिनीको शरीरमा चट्याङका कारण फोका उठेको छ । उनको अवस्था सामान्य रहेको छ । एउटा बाख्रा पाठा समेत मरेको छ । गाउँपालिका अध्यक्ष खड्काका अनुसार चट्याङले घरको भित्ताको माटो उप्किएको छ ।

गहुँबाली भित्र्याउने चटारोमा रहेका किसान केही दिनदेखि परेको वर्षाले प्रभावित भएकै बेला चट्याङ लागेर दुईको मृत्युले गाउँ शोकमा डुवेको छ । शव पोष्टमार्टमका लागि सुलिचौर ल्याइएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]