
Rgp
Asb
Rgp
Lks
lnp
Sgp
Rgp
Lnp
Ggp
Jns
Rgp
ksb
Ggp
Dus
Usb

lms

नुवाकोट । शिवपुरी राष्ट्रिय निकुञ्जबाट नुवाकोटस्थित भद्रुटारको गाउँ प्रवेश गरेको घोरल स्थानीयले प्रहरीलाई जिम्मा लगाएका छन् ।
नुवाकोटको पन्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारस्थित त्रिवेणी धाम नजिकै एक घोरल फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरि जिम्मा लगाएका हुन । शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलबाट भागेर आएको हुन सक्ने डिभिजन वन कार्यालयले जनाएको छ । घोरल तीन वर्षको भाले रहेको वन कार्यालयका सूचना अधिकारी लोकनाथ न्यौपानेले बताए ।घोरललाई निकुञ्ज वा चिडियाखानामा छाडिने उनले बताए ।
