
Gipsg
gst
Gsg
Unsku
Gst
Gipsg
Pbu
Gmssl
Sebsg

Asm
Tsm
Bbbpu
Sbs
Ggd
Rgs
Rgu
Sls
Ssm
Bbu
nsb
Wsp
Pvg
Gst
Ksm
Rgu
Hal
Rsb
Vor

bbt
Bml
Syp
sab
Jmb
Rmb
Ptm
Abd
Gsb
Rpp
Mks
Pls
Jmb
दाङ । गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादव र उपाध्यक्ष शान्ती चौधरी लगायतको टोलीले मंगलबार गढवाका वडानं. ४ र ५ का बिभिन्न बस्तिका किसानहरुको खेतमा पुगी तरकारी खेतिको स्थलगत अबलोकन तथा अनुगमन गरेको छ ।
स्वान नेपालको आर्थिक सहयोगमा गढवा ४ को पर्सामा तरकारी खेति गरेका किसानहरु र गढवा ५ खजरौटामा पशुपालन गरेका किसानहरुको अवस्थाको स्थलगत अनुगमन गरेको हो ।
गढवा ४ को पर्सामा जुनतारा महिला कृषक समूह र पर्सा भूमि अधिकार कृषक समूहले गरेको सामुहिक तरकारी खेतिको अबलोकन गरीएको गाउँपालिकाले जनाएको छ । उक्त गाउँमा १४ कठ्ठा १५ धुरमा ३ जना किसानहरुले सामुहिक आलुखेति गरेका,१० कठ्ठामा थप एक जनाले तरकारी खेति गरेको र १५ कट्ठामा समूहमार्फत ४ जनाले टनेल तरकारी खेति गरेको पाइएको छ ।
सो तरकारी खेतिका लागि स्वान नेपालले पहिलो बर्षमा जग्गा लिजमा लिएको भाडा दिएको,दोश्रो बर्षका लागि निःशुल्क बिउ उपलब्ध गराएको स्वान नेपालका सामाजिक परिचालक सोना कुमालले जानकारी दिनुभयो ।
यसैगरी स्वान नेपालले तरकारी खेति गरेका किसानहरुलाई सिंचाइका लागि पाइप,बोरीङ र मोटर समेत उपलब्ध गराई किसानहरुको आयस्तर बृद्धिमा सपोर्ट गरेको कार्यक्रम संयोजक रेवन्त चौधरलिे जानकारी दिनुभयो ।
यसैगरी बैदेशीक रोजगारबाट नेपाल फर्किएका गढवा गाउँपालिका वडानं. ५ खजरौटाका ७ जनालाई स्वान नेपालले पशुपालन र ब्यवसायमा प्रति ब्यवसाय ३० हजारका दरले सहयोग गरेको कृषि प्राबिधिक सिता कुमारी चौधरीले जानकारी दिनुभयो ।
जस अनुसार सोहि गाउँका क्रिमलाल चौधरीलाई चार्ट तथा फूल्की ठेला ब्यवसायका लागि सहयोग गरिएको र लक्ष्मि चौधरी,बंसराज रैदास,सुन्तली चौधरी,शिबप्रसाद रैदास र सरिता चौधरीलाई बाख्रापालन ब्यवसायका लागि तथा मिना चौधरलिाई ब्रोइलर कुखुरा पालनका लागि जनही ३० हजारका दरले आर्थिक सपोर्ट गरेको स्वान नेपालका उपाध्यक्ष सिता चौधरीले जानकारी दिनुभयो ।
स्थलगत अनुगमनको क्रममा बैदेशिक रोगगारबाट फर्केर बेरोजगार बसेका नागरिकहरुको आयआर्जन र जिविकोपार्जनमा सहयोग गरेको पाइएको गढवा गाउँपालिकाले जनाएको छ ।
अनुगमनमा गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादव,उपाध्यक्ष शान्ती चौधरी,कृषि शाखाका प्रमुख कर्ताराम यादव,स्वानका कार्यक्रम संयोजक रेवन्त चौधरी,कृषि प्राबिधिक सिता कुमारी चौधरी,उपाध्यक्ष सिता चौधरी,कोषाध्यक्ष राममोती चौधरी र सामाजिक परिचालक सोना कुमाल तथा भूमी अधिकारकर्मि सुनिल चौधरी र पत्रकारहरुको टोली रहेको थियो ।
