
pku
Srbpu
Sds
Lnp
Rgp
Gis
Cps
Rgp1
Rmb
Pbu
Sgr
Ggp
Unsku
Pes
sbs
Rgp
Djs
cjs
Gfs

Rsb
Asm
Sbs
Ggd
Gst
Sls
nsb
Vor
Ksm
Ssm
Bbu
Wsp
Tsm
Bbbpu
Hal
Rgu
Rgs
Pvg
Rgu

Bml
Syp
Ptm
Rpp
Jmb
sab
Jmb
Gsb
Pls
Rmb
bbt
Abd
Mks
दाङ । देउखुरीको लालमटियामा नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेशको प्रथम सम्मेलन सुरु भएको छ । शनिबार सम्मेलनको पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले भर्चुअल माध्यमबाट उद्घाटन गरेका थिए।
दिउँसो एक बजेबाट शुरु भएको सम्मेलनको उद्घाटन सत्र बेलुका साढे ५ बजेसम्म चलेको थियो । भर्चुअल माध्यमबाट प्रचण्डले सम्बोधन गरेपछि उद्घाटन सत्र सकिएको थियो।उद्घाटन सत्रमा प्रतिनिधि र अतिथि मात्रै सहभागी भए । आम कार्यकर्ताको उपस्थिति गराइएको थिएन।
कोरोना भाइरसको संक्रमण बढ्न सक्ने चेतावनीका कारण सम्मेलनमा भीडभाड कम गर्ने उद्देश्यले प्रतिनिधिको मात्रै उपस्तिथि थियो। सम्मेलन दुई दिनसम्म चल्ने छ। सम्मेलनलाई आकर्षक बनाउन कलाकारहरुको प्रस्तुति राखिएको थियो। थारु, मगर समुदायको लोक नृत्य प्रस्तुत गरिएको थियो। पहिलो दिन शनिबार उद्घाटन भएको सम्मेलन दोस्रो दिन आइतबार नेतृत्व चयन गर्दै सकिने छ।लुम्बिनी प्रदेशमा दुई सय ५३ सदस्यीय कमिटि गठन हुनेछ।
अहिलेसम्म अध्यक्षका दाङका हेमराज शर्मा ‘डायमण्ड’, रोल्पाका दिपेन्द्र पुन ‘सिजल’, पूर्वी रुकुमका तेजबहादुर वली लगायतको चर्चा रहेको छ। नेकपा (माओवादी केन्द्र) पहिलो राजनीतिक शक्तिको रुपमा उदय हुन संगठन, विचार र निर्वाचनलाई ध्यानमा राख्न आग्रह गरिएको छ। नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश संगठन कमिटिका सचिव जगप्रसाद शर्मा (अपार)ले प्रदेशका सबै १०९ स्थानीय तहमा संगठन विस्तार भएको, एक लाख १२ हजार ९ सय ८८ पार्टी सदस्य रहेको जानकारी दिए।
