Sidha Patra बिहिबार, मंसिर २३, २०७८

दाङ । दाङमा एक लाख ९७ हजार रुपैयाँ नगद सहित ६ जना जुवाडे पक्राउ परेका छन् । गयराति साढे १० बजे घोराही १३ डुम्मर गाउँ निवासी ३२ वर्षिय निमबहादुर भण्डारीको घरमा अवैध रुपमा जुवा खेलिरहेको अवस्थामा एक लाख ९७ हजार रुपैयाँ सहित ६ जना जुवाडेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द प्रसाद रिजालले जानकारी दिनुभएको छ ।

त्यस्तै पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १३ डुम्मर गाउँका ३२ वर्षिय निमबहादुर भण्डारी, रोल्पाको माडी गाउँपालिका ४ का ५७ वर्षिय रणे वली, सोही गाउँपालिका ३ का ४० वर्षिय कुल बहादुर खड्का, सोही ठाउँ कै ३० वर्षिय रामकृष्ण खड्का, ४० वर्षिय राजेश वली र रोल्पा परिर्वतन गाउँपालिका ४ का ३८ वर्षिय ललित बुढा रहेको प्रहरीले जनाएको छ ।

यसैगरी अवैध रुपमा पैसाको हारजित हुने गरी जुवा खेलिरहेकाहरुकोे साथबाट एक लाख ९७ हजार सात सय ५५ रुपैँया नगद र ५ गड्डी खोलेको र ५ गड्डी नखोलेको तास बरामद गरेको छ । उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]