शिबराज पन्थी/गढवा सोमबार, मंसिर २०, २०७८

दाङ । गढवा गाउँपालिका स्वास्थ्य शाखाको आयोजना र आम्दा नेपाल मातृ शिसु स्वास्थ्य परियोजना तथा महिला स्वास्थ्य स्वयंसेविका सञ्जालको समन्वय सहकार्यमा १८ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस गढवाका सबै वडाहरुमा मनाईएको छ ।

गढवा स्वास्थ्य चौकी,गंगापरस्पुर स्वास्थ्य चौकी,गोबरडिहा स्वास्थ्य चौकी र कोइलाबासको स्वास्थ्य चौकी गरि चारवटै स्वास्थ्य चौकीहरुमा कार्यक्रम सम्पन्न भएको स्वास्थ्य संयोजक कैलाश चौधरीले जानकारी दिनुभयो । गाउँपालिकाभरका ८३ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुले स्थानीय बजारमा मार्चपास सहित कोणसभा गरेर दिवस मनाएका हुन् ।

त्यस्तै सो अवसरमा गाउँपालिकाका ८ वटै वडाहरुबाट एक–एक जना गरि आठ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई दोसल्ला ओढाएर सम्मान–पत्रले सम्मान गरिएको छ । सम्मानित हुनुहुने महिला स्वास्थ्य स्वयंसेविकाहरुमा वडानं.१ चन्द्रा कुमाल,वडानं. बाट लक्ष्मी चौधरी,वडानं. ३ बाट योगमाया अधिकारी,वडानं. ४ का पुष्पा चौधरी,वडानं. ५ का भगवती सिंह ठकूरी,वडानं.६ का खिमा भण्डारी,वडानं. ७ का बिष्णु घर्ति र वडानं. ८ बाट सबनम खातुन रहनुभएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]