Sidha Patra सोमबार, मंसिर १३, २०७८

गुल्मी । नेपाली कांग्रेस गुल्मीको सभापतिमा खिलध्वज पन्थी निर्वाचित हुनु भएको छ । काङ्ग्रेस गुल्मीको ८ औँ जिल्ला अधिबेशनमा पन्थीले १ हजार २७१ मत ल्याएर जिल्ला सभापतिमा निर्वाचित हुनु भएको हो ।

उहाँका प्रतिस्पर्धी बेदबहादुर थापा मगरले ३८४ मत ल्याएर पराजित हुनु भएको छ । सभापतिमा भारि मतान्तरका साथ पन्थी निर्वाचित हुनु भएको छ । पन्थी निर्वतमान जिल्ला कार्य समिति सचिव हुनुहुन्थ्यो भने थापा महाधिबेशन प्रतिनिधी हुनुहुन्छ । शनिवार र आइतवार सभापति सहित जिल्ला कार्य समितिका लागि मतदान भएको थियो । सभापतिमा निर्वाचित पन्थी पक्षका हुनुहुन्छ भने पराजित हुने थापा देउवा पक्षका हुनुहुन्छ ।

जिल्ला कार्य समितिका अरु पदमा पनि निर्वाचन भएको थियो । त्यस्तै २ जना जिल्ला उपसभापतिका लागि ३ जना बिच प्रतिस्पर्धा भएको थियो । जसमा अनन्तराम पौडेलले १ हजार १८७ र शिबबहादुर खत्रीले १ हजार ३३ मत ल्याएर निर्वाचित हुनु भएको छ । त्यस्तै २ जना जिल्ला सचिव पदका लागि ५ जना बिच प्रतिस्पर्धा भएको थियो । जसअनुसार जगदिस भट्टराईले ९ सय ९१ र भगतसिंह खड्काले १ हजार २२ मत ल्याएर निर्वाचित हुनु भएको छ । यसैगरी २ जना जिल्ला सह–सचिव पदका लागि ४ जना बिच प्रतिस्पर्धा भएको थियो ।

जसअनुसार छविलाल पाण्डेले १ हजार १३३ मत र धर्मराज पाण्डेले ८ सय ५० मत ल्याएर निर्वाचित भएका छन् । महाधिबेशनका लागि १ हजार ७ सय ६१ जना प्रतिनिधी रहेका थिए । त्यसमध्ये १ हजार ६९३ मत खसेको थियो । मतदानकै क्रममा शनिवार जिल्ला सदरमुकाम तम्घासमा मुसिकोट नगरपालिकामा केहिबेर मतदान चलिरहेका बेला मतपत्रका संकेत गरिएको भन्दै केहि बेर मतदान नै स्थगित गरिएको थियो । सहमति पश्चात रोकिएको मतदान आइतवार मतदान पुनः गरिएको थियो । आइतवार रातिबाटै मतगणना गरिएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]