
Rbs
Ddhbs
dsbus
Syees
Gsbus
Csbus
Nssbus7
Amb
Gsl
Ssbus
Bksbus5
gms
Ratbs
Jsbus
syysr
Pbu

Pvg
Rgs
Sbs
Vor
Bbbpu
Ksm
Bbu
nsb
Tsm
Ssm
Rsb
Gst
Rgu
Sls
Wsp
Hal
Rgu
Ggd
Asm

Ptm
Abd
Pls
sab
Jmb
Mks
Rpp
bbt
Jmb
Bml
Syp
Rmb
Gsb
गुल्मी । नेपाली कांग्रेस गुल्मीको सभापतिमा खिलध्वज पन्थी निर्वाचित हुनु भएको छ । काङ्ग्रेस गुल्मीको ८ औँ जिल्ला अधिबेशनमा पन्थीले १ हजार २७१ मत ल्याएर जिल्ला सभापतिमा निर्वाचित हुनु भएको हो ।
उहाँका प्रतिस्पर्धी बेदबहादुर थापा मगरले ३८४ मत ल्याएर पराजित हुनु भएको छ । सभापतिमा भारि मतान्तरका साथ पन्थी निर्वाचित हुनु भएको छ । पन्थी निर्वतमान जिल्ला कार्य समिति सचिव हुनुहुन्थ्यो भने थापा महाधिबेशन प्रतिनिधी हुनुहुन्छ । शनिवार र आइतवार सभापति सहित जिल्ला कार्य समितिका लागि मतदान भएको थियो । सभापतिमा निर्वाचित पन्थी पक्षका हुनुहुन्छ भने पराजित हुने थापा देउवा पक्षका हुनुहुन्छ ।
जिल्ला कार्य समितिका अरु पदमा पनि निर्वाचन भएको थियो । त्यस्तै २ जना जिल्ला उपसभापतिका लागि ३ जना बिच प्रतिस्पर्धा भएको थियो । जसमा अनन्तराम पौडेलले १ हजार १८७ र शिबबहादुर खत्रीले १ हजार ३३ मत ल्याएर निर्वाचित हुनु भएको छ । त्यस्तै २ जना जिल्ला सचिव पदका लागि ५ जना बिच प्रतिस्पर्धा भएको थियो । जसअनुसार जगदिस भट्टराईले ९ सय ९१ र भगतसिंह खड्काले १ हजार २२ मत ल्याएर निर्वाचित हुनु भएको छ । यसैगरी २ जना जिल्ला सह–सचिव पदका लागि ४ जना बिच प्रतिस्पर्धा भएको थियो ।
जसअनुसार छविलाल पाण्डेले १ हजार १३३ मत र धर्मराज पाण्डेले ८ सय ५० मत ल्याएर निर्वाचित भएका छन् । महाधिबेशनका लागि १ हजार ७ सय ६१ जना प्रतिनिधी रहेका थिए । त्यसमध्ये १ हजार ६९३ मत खसेको थियो । मतदानकै क्रममा शनिवार जिल्ला सदरमुकाम तम्घासमा मुसिकोट नगरपालिकामा केहिबेर मतदान चलिरहेका बेला मतपत्रका संकेत गरिएको भन्दै केहि बेर मतदान नै स्थगित गरिएको थियो । सहमति पश्चात रोकिएको मतदान आइतवार मतदान पुनः गरिएको थियो । आइतवार रातिबाटै मतगणना गरिएको थियो ।
