
Ddhbs
Gsbus
Pbu
syysr
Syees
Ratbs
Ssbus
Nssbus7
Jsbus
Rbs
gms
dsbus
Bksbus5
Amb
Gsl
Csbus

Bbbpu
Bbu
Ksm
Ggd
Wsp
Tsm
Pvg
Gst
Asm
Hal
Ssm
Rgu
Rsb
Rgs
Sls
Sbs
Rgu
nsb
Vor

bbt
Mks
Pls
Jmb
Ptm
sab
Syp
Jmb
Bml
Rpp
Gsb
Rmb
Abd
दाङ । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले टिकापुर घटनामा जेल परेका रेशम चौधरी लगायतका थारु राजबन्दी नेताहरुलाई स—सम्मान तत्काल रिहा गर्न माग गर्नु भएको छ ।
जनता समाजवादी पार्टी दाङले शनिबार देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ प्रगतिनगर सिसहनियाँ बजारमा आयोजना गरेको संगठन सुद्धढिकरण तथा जनजागरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
बिगतमा नेपाली काङ्ग्रेस,एमाले र माओवादीले गरेको आन्दोलन तथा बिद्रोहमा हजारौँ मान्छे मारिदा जसरी ती मुद्धा फिर्ता लिइयो त्यसरी नै थारु बिद्रोह अन्तरगत टिकापुर घटनाका बन्दीहरुलाई पनि राजबन्दी सरह स—सम्मान तत्काल रिहा गर्न सरकार संग माग गर्नु भयो । त्यस्तै उहाँले टिकापुर घटना अत्यन्तै दुखद भएको बताउँदै उक्त घटना थारु बिद्रोहको रुपमा लिई राजनितिक आन्दोलनका रुपमा लिन आग्रह गर्नु भएको छ ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका पूर्व प्रधानमन्त्री भट्टराईले लुम्बिनी प्रदेशको राजधानी देउखुरीमा ल्याउनु देउखुरीबासी प्रति न्याय भएको बताउनु भयो । तर उहाँले राजधानी बसाल्ने नाममा सुकुमबासी,भुमिहिन नागरिकहरुलाई उठीबास लगाउने कार्य भने अत्यन्तै गलत भएको बताउनु भयो । उहाँले बस्तीमा नभई खाली जग्गा खोजेर योजनाबद्ध तरिकाले राजधानी बसाल्न प्रदेश सरकारलाई आग्रह समेत गर्नु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नू भयो,हामीले गर्ने भनेको विकास हो,सुकुमबासी बस्ती उठाएर गर्ने विकास नभई बिनास भएको समेत टिप्पणी गर्नु भयो । उहाँले देशका विभिन्न ठाउँको नक्सा कोरेर सुन्दर शहर बसालेको स्ममरण गराउँदै यस प्रदेशको सुन्दर राजधानी बनाउन आवश्यक परे आफू नक्का कोर्न समेत तयार रहेको बताउनु भयो ।
पार्टीका जिल्ला अध्यक्ष होमप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका बरिष्ठ नेता तथा पूर्व मन्त्री असोक राईले जनताहरुले दलहरु बीच बिभाजन नभई एकता भएको हेर्न चाहेको बताउनु भयो ।
साथै उहाँले काङ्ग्रेस,एमाले र माआोवादी जस्ता पुराना शक्तिहरुबाट देशको विकास सम्भव नभएकोे जिकिर गदै नेता राईले बैकल्पिक शक्तिको रुपमा रहेको जनता समाजवादी पार्टीबाट मात्र यो देश विकास सम्भव रहेको ठोकुवा गर्नु भयो ।
पार्टीका दाङ जिल्ला उपाध्यक्ष जगतराम यादवको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश कमिटी अध्यक्ष असोककुमार यादव, केन्द्रिय सदस्यहरु यज्ञ पोख्रेल,हरिप्रसाद रिजाल,प्रकाश चौधरी,हिक्मत विक,पार्टीका संघीय परिषद् सदस्य टोपबहादुर कार्की र समाजवादी विद्यार्थी संघकी केन्द्रिय उपाध्यक्ष रिता यादव लगायतका बक्ताले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
त्यस्तै सो कार्यक्रमको सञ्चालन पार्टीका जिल्ला सचिव लक्ष्मी चौधरीले गर्नु भएको,उक्त कार्यक्रमको रेडियो राप्ती ९८.४ मेगाहर्जले प्रत्यक्ष प्रसारण समेत गरेको थियो ।देउखुरी टुडेबाट
