
Sssbus1
tssbus
ssbus
Ssbus
Sssbus1
Bs1
Ssbus
Pbu
Ssbus
nsm
Gsl

Bbu
Sbs
Vor
Ksm
Rgu
Hal
nsb
Ssm
Bbbpu
Rgu
Wsp
Ggd
Asm
Tsm
Sls
Pvg
Rgs
Gst
Rsb

Jmb
sab
Bml
Abd
bbt
Ptm
Jmb
Pls
Rpp
Rmb
Gsb
Mks
Syp
दाङ ।तुलसीपुर उपमहानगर पालिका लुम्बिनी प्रदेशकै उत्कृष्ट पालिका भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको स्थानीय तहहरुको सूचना प्रविधि क्षमताको प्रतिवेदनमा तुलसीपुर उपमहानगरपालिकाले दाङका सबै पालिकालाई उछिनेको छ । नेपाल भरका सबै स्थानीय तहहरुमा गरिएको मुल्यांकनमा तुलसीपुर ७१ अंकका साथ १० औ स्थानमा परेको छ ।
सूचना प्रविधि क्षमता अभियानको नेतृत्व गर्नु भएका नगरप्रमुख घनश्याम पाण्डेले जनप्रतिनिधिका रुपमा आएदेखि नै डिजिटल तुलसीपुरको अभियानलाई अगाडी बढाउनु भएको थियो । सबै वडामा इन्टरनेट मार्फत सेवा पुर्याएको भन्दै तुलसीपुरलाई यसभन्दा अगाडी पनि पुरस्कृत गरिएको थियो ।
स्थानीय तहहरुको जनशक्ति व्यवस्थापनको अवस्था, डिजिटल साक्षरताको अवस्था तथा सूचना प्रविधि सम्बन्धि नीतिगत व्यवस्था, सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोग, सूचना प्रविधिसँग सम्बन्धित पूर्वाधारको अवस्था र सूचना प्रविधिमा संस्थागत क्षमताको अवस्था गरेर ७ वटा क्षेत्रका ५० वटा सूचकाङ्कका आधारमा स्थानीय तहहरुको प्रतिवेदन सार्वजनिक गरिएको थियो ।
