
Jsbus
gms
Gsl
Ddhbs
dsbus
Bksbus5
Syees
Ratbs
Amb
Csbus
Ssbus
Rbs
Pbu
Gsbus
Nssbus7
syysr

Ssm
Sls
Vor
Rsb
Rgu
Bbu
Asm
Tsm
Gst
Rgs
Ksm
Pvg
Bbbpu
Ggd
Sbs
Rgu
Wsp
Hal
nsb

sab
Syp
Mks
Pls
Rmb
Gsb
Rpp
Jmb
Bml
bbt
Ptm
Jmb
Abd
प्युठान। नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्युठान जिल्ला अधिवेशनको मतगणना स्थलमा गोलि चलेको छ ।
मतगणनाको क्रममा पौडेल – सिटौला पक्षका बिष्णु कुमार गिरीले अग्रता लिएपछि युवाहरुको समूहले अचानक आक्रमण गरेको थियो । मतपरिणाममा असन्तुष्टि जनाउँदै युवाहरुले गरेको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाएको छ ।
मंगलबार राति मतगणना स्थल स्वर्गद्वारी क्याम्पसमा कांग्रेस कार्यकर्ता र नेपाल प्रहरी बीच झड्प भएको हो। प्रदर्शनले उग्र रुप लिएको भन्दै स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले सात सेल अश्रु ग्यास समेत प्रहार गरेको खबर छ । झडपका क्रममा एकजना प्रहरी सहित कम्तिमा ७ जना घाईते भएका छन। प्रहरी जवान गोपाल जिसी घाईते छन् ।
त्यस्तै, प्रदर्शनकारी तर्फ घाईते हुनेमा २३ बर्षिया चन्द्र बहादुर गाह, कृष्ण बसेल, स्वर्गद्वारी नगरपालिका -२ का २० बर्षिया कमल घर्ती,नौबहिनी -६ का २६ बर्षिया कुंवर पुन, २३ बर्षिया बिनोद रिजाल र प्युठान नगरपालिका -७ का खेमराज पण्डित रहेका छन् । घाईतेहरुलाई उपचारका लागि प्युठान जिल्ला अस्पताल बिजुवार ल्याईएको छ। देउवा र पौडेल – सिटौला पक्षले प्यानल बनाएरै भएको निर्वाचनपछि मतगणनास्थलमा आक्रमण भएको थियो। झण्डै दुई घन्टा अघि देखिको तनाब अझै साम्य भएको छैन । आक्रमणपछि अहिले मतगणना कार्य स्थगित भएको छ।
निर्वांचनमा देउवा पक्षबाट शिव रिजाल र पौडेल सिटौला पक्षबाट बिष्णु कुमार गिरी मैदानमा छन। यो समाचार तयार पार्दा सम्म जिल्ला सभापती पदका लागि खसेकोकुल १०६५ मत मध्ये एक हजार मत गणना हुँदा गिरी ६६ मतले अघि छन। अब जम्मा ६५ मत गणना हुन बाँकी छ। गिरि पक्षका कार्यकर्ता विजयी घोषणा गरि खुशी मनाईरहेका छन भने रिजाल पक्षले असन्तुष्टि जनाउदै नाराबाजी गरिरहेका छन् ।कमानादैनिकबाट
घटनाको बिस्तृत बिबरण आउन बांकी छ
