Sidha Patra शनिबार, मंसिर ०४, २०७८

दाङ । दाङ जिल्लाको १० स्थानीय तहमा रहेका जम्मा एक सय वडा मध्य नेकपा माओवादी केन्द्र दाङले शनिबार ९८ वटा वडाहरुमा वडा सम्मेलन मार्फत वडा कमिटी गठनलाई अन्तिम चरणमा पुर्‍याएको छ । माओबादी केन्द्रले निर्वाचन प्रकृया मार्फत सम्मेलन गरे पनि कमिटी चयनमा भने सर्वसम्मतीको प्रयास भएको हो ।

राप्ती गाउँपालिका वडा नम्बर ७ मा मेला लागेको कारण र बबई ७ मा विषेश कारणले सम्मेलन हुन नसकेको र अन्य ९८ वटा वडामा सम्मेलन भएको माओबादी केन्द्रले जानकारी दिएको छ । त्यस्तै केन्द्रले अहिले वडा कमिटी गठनमा ३३ प्रतिशत महिला र १५ प्रतिशत दलितको अनिवार्य प्रतिनिधित्व गर्ने व्यवस्था गरेको छ । गाउँ नगरको वडामा २७ जना निर्वाचित र २ जना मनोनित गरी २९ सदस्यी र उपमहानगरमा ३१ जना निर्वाचित र ४ जना मनोनित गरी ३५ सदस्यी कमिटी बनाउने माओबादीको पार्टी विधानमा रहेको छ । केही वडाहरुको कार्य समितिको टुंगो लागे पनि अधिकांश वडाहरुमा सहमतीबाट जिम्मेवारी बाँडफाँडको काम भैरहेको माओबादी केन्द्र दाङले जनाएको छ ।

सोही अनुसार लमही नगरपालिका वडा नम्बर १ मा विष्णुुप्रसाद शर्मा, २ मा जयनारायण चौधरी, ३ मा लोकमणि बन्जाडे, ४ मा रमेश सुनार, ५ मा चित्रबहादुर केसी, ६ मा कृष्णप्रसाद घिमिरे, ७ मा धुर्ब कुमार चौधरी, ८ मा जोगराज चौधरी र ९ मा भान सिंह वली वडा अध्यक्ष चयन हुनुुभएको छ । यसैगरी, दंगिशरण १ मा विजय बिष्ट, २ मा दिलबहादुर परियार, ३ मा टोपाराम चौधरी, ४ मा ठाकुुर चौधरी, ५ मा मोहलाल गिरी, ६ मा भरथरु चौधरी र ७ मा तुल्सीराम चौधरी वडा अध्यक्षमा निर्वाचित हुनुुभएको छ ।

त्यसैगरी,बबई गाउँपालिकाको वडा नम्बर १ मा गम्मरचन रोका, २ मा कृष्ण बहादुुर खत्री, ३ मा बालीराम वली, ४ मा विष्णुु विक, ५ मा टेकबहादुर खत्री, ६ मा रमेश चौधरी र ७ मा १० गते सम्मेलन हुने भएको छ । यस्तै घोराही उपमहानगरपालिका वडा नम्बर १७ मा पदम केसी र १८ मा सुुरस बुढामगर नेकपा माओबादी केन्द्रको वडा अध्यक्षमा चुुनिनुु भएको छ । अन्य वडाहरुमा नेतृत्व चयन गर्ने क्रम चलिरहेको माओबादी केन्द्रले जनाएको छ ।

त्यस्तै यता राजपुर गाउँपालिका वडा नम्बर १ मा स्यामलाल वली, २ मा तुल्सीराम भण्डारी, ३ मा राजबहादुर यादव, ४ मा परशुराम यादब, ५ मा अम्मरबहादुर बोहरा, ६ मा नेत्रबहादुर केसी र ७ मा टेकबहादुुर राना क्षेत्री निर्वाचित हुनु भएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]