
Tgp
Usb
Fmb
Nsb
Ssb
Bsn
Ksb
jsb
Ksb
Rsb
Csb
Rks
Ssb
Gsb
Ppu
Ksb

Usb
Gsb
Tsb
Ssb
Hl1

Nps
ptl
Rgu
दाङ । दाङको प्रसिद्ध धार्मिक एवं पर्यटकीय क्षेत्र बाह्रकुने दहदेखी ज्यामीरे ताल सम्म जाने मार्गको नेपाली सेनाले सरसफाई गरेको छ ।
घोराही उपमहानगरपालिका १३ मा पर्ने बाह्रकुुने दह देखी ज्यामीरे ताल सम्म जाने पदमार्गको घोराहीमा रहेको जयसिंह दल गणका नेपाली सेनाहरुले सफाई गरेका हुन् । उक्त मार्गको दायाँबायाँका बुुट्यानहरु हटाउदै आवतजावतलाई सहज बनाईएको हो । करिब २ सय जना नेपाली सेनाले बाटो सम्म फैलिएका बुुट्यानहरु हटाउदै घुुम्न जाने आन्तरीक पर्यटकहरुले फालेका प्लाष्टिकका फोहोरहरु संकलन गरेका हुन् ।
यस्तै सरसफाई कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, गणका प्रमुख सेनानी रविन्द्र महर्जन, घोराही उपमहानगरको सरसफाई व्यवस्थापन शाखा प्रमुख लक्षण अधिकारी, कार्यपालिका सदस्य पवित्रा सेर्पाइलीको समेत सहभागिता रहेको थियो ।
त्यस्तै घोराही बजार देखी नजिकै रहेका तिर्थ स्थल बाह्रकुुने र पर्यटकिय क्षेत्र ज्यामीरे ताल सम्म सहजै पुुग्न र सुन्दरता कायम गर्नका लागि सफाई कार्यक्रम गरिएको हो । प्रमुख सेनानी महर्जनले नेपाली सेना देशको सुरक्षा सँगै सामाजिक कार्यहरुमा पनि सकृय रहेको बताउनुु भयो ।
सबै मिलेरै देशको विकास हुने भन्दै उहाँले सरसफाई पनि महत्वपूर्ण पक्ष रहेको उल्लेख गर्नुभयो । सरसफाई पछि नेपाली सेनालाई धन्याबाद दिदै नगर प्रमुख चौधरीले पर्यटकिय क्षेत्रलाई सुरन्दता सँग जोड्न आबस्यक रहेको बताउनुुभयो । पर्यटकहरुलाई सम्पदाहरुको अबलोकन गराउदै प्रचारमा ल्याउन सके मात्रै आर्थिक गतिविधी बढ्ने बताउनुु भयो ।
