
Sebsg
Gmssl
Pbu
Gsg
gst
Unsku
Gst
Gipsg
Gipsg

Ksm
Bbu
Wsp
Sbs
Hal
Tsm
Rgu
Vor
Rgu
Rsb
Gst
Rgs
Pvg
Asm
Sls
nsb
Ggd
Bbbpu
Ssm

Syp
Ptm
Rmb
Jmb
bbt
Bml
Jmb
Pls
Rpp
Gsb
Abd
Mks
sab
दाङ । दाङको प्रसिद्ध धार्मिक एवं पर्यटकीय क्षेत्र बाह्रकुने दहदेखी ज्यामीरे ताल सम्म जाने मार्गको नेपाली सेनाले सरसफाई गरेको छ ।
घोराही उपमहानगरपालिका १३ मा पर्ने बाह्रकुुने दह देखी ज्यामीरे ताल सम्म जाने पदमार्गको घोराहीमा रहेको जयसिंह दल गणका नेपाली सेनाहरुले सफाई गरेका हुन् । उक्त मार्गको दायाँबायाँका बुुट्यानहरु हटाउदै आवतजावतलाई सहज बनाईएको हो । करिब २ सय जना नेपाली सेनाले बाटो सम्म फैलिएका बुुट्यानहरु हटाउदै घुुम्न जाने आन्तरीक पर्यटकहरुले फालेका प्लाष्टिकका फोहोरहरु संकलन गरेका हुन् ।
यस्तै सरसफाई कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, गणका प्रमुख सेनानी रविन्द्र महर्जन, घोराही उपमहानगरको सरसफाई व्यवस्थापन शाखा प्रमुख लक्षण अधिकारी, कार्यपालिका सदस्य पवित्रा सेर्पाइलीको समेत सहभागिता रहेको थियो ।
त्यस्तै घोराही बजार देखी नजिकै रहेका तिर्थ स्थल बाह्रकुुने र पर्यटकिय क्षेत्र ज्यामीरे ताल सम्म सहजै पुुग्न र सुन्दरता कायम गर्नका लागि सफाई कार्यक्रम गरिएको हो । प्रमुख सेनानी महर्जनले नेपाली सेना देशको सुरक्षा सँगै सामाजिक कार्यहरुमा पनि सकृय रहेको बताउनुु भयो ।
सबै मिलेरै देशको विकास हुने भन्दै उहाँले सरसफाई पनि महत्वपूर्ण पक्ष रहेको उल्लेख गर्नुभयो । सरसफाई पछि नेपाली सेनालाई धन्याबाद दिदै नगर प्रमुख चौधरीले पर्यटकिय क्षेत्रलाई सुरन्दता सँग जोड्न आबस्यक रहेको बताउनुुभयो । पर्यटकहरुलाई सम्पदाहरुको अबलोकन गराउदै प्रचारमा ल्याउन सके मात्रै आर्थिक गतिविधी बढ्ने बताउनुु भयो ।
