Sidha Patra सोमबार, कार्तिक २२, २०७८

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ७ का साढे ३ दर्जन युवाहरुले विभिन्न पार्टी परित्याग गरि नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली काङ्ग्रेस वडा नम्बर ७ ले सोमबार सिक्तामा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा पार्टी प्रबेश कार्यक्रममा उनिहरुलाई दोसल्ला,अबिर लगाएर भव्य सम्मानका साथ प्रवेश गराइएको हो ।राजपुर गाउँपालिका वडा नम्बर ७ का वडा सभापति खिम सिंह रानाको सभापतित्व तथा नेपाली काङ्ग्रेसका महासमिति सदस्य जानकीलाल बस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा माओवादी र एमाले पार्टी परित्याग गरि निम बहादुर बिश्वकर्माको नेतृत्वमा ४२ जना युवाले नेपाली काङ्ग्रेसमा प्रवेश गरेका हुन् ।त्यस्तै कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि महासमिति सदस्य बस्नेतले नेपाली जनताको भरपर्दो र विश्वासिलो एक मात्र पार्टी भनेकै नेपाली काङ्ग्रेस रहेको हुँदा अब आम नेपाली जनताको मनोभावना अनुरुप नै पार्टीलाई संचालन गर्दै अघि बढ्ने बताउनु भएको छ ।कार्यक्रममा राजपुर गाउँपालिका सभापति नरेन्द्र सिंह भण्डारी,राजपुर गाउँपालिका अध्यक्ष लोकराज केसि,उपाध्यक्ष धनपतीदेवि यादव,लमही नगर सभापति सन्तोष बुढाथोकी,राजपुर गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष भिमबहादुर खड्का,लमही नगर सचिब प्रेम कालाथोकी,लमही नगरपालिका वडा नम्बर ९ का अध्यक्ष भेषराज केसी (रमेश)छेत्रीय प्रतिनिधि लगायतकाले नब प्रवेशि युवाहरुलाई भव्य स्वागत गर्नु भएको थियो भने उक्त कार्यक्रमको संचालन क्षेत्रीय प्रतिनिधि लालवीर खड्काले गर्नु भएको थियो । प्रवेशी युवाहरुको नाम लिस्ट

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]