
Bksbus5
Ddhbs
Syees
Rbs
Pbu
dsbus
Ssbus
Csbus
syysr
Gsbus
Amb
Ratbs
Gsl
Nssbus7
Jsbus
gms

Pvg
Bbbpu
Hal
Rgs
nsb
Sls
Asm
Rsb
Bbu
Vor
Tsm
Rgu
Ggd
Ssm
Wsp
Gst
Ksm
Rgu
Sbs

Ptm
Abd
Gsb
Jmb
sab
Syp
bbt
Bml
Pls
Jmb
Rpp
Rmb
Mks
दाङ । नेकपा एमाले स्थाई कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका ईन्चार्ज शंकर पोख्रेलले निर्वाचनका माध्यमबाट जनताले प्रदान गरेको जनादेशलाई व्यवास्था गर्दै सर्वोच्च अदालतको फैसलाबाट जनादेशलाई उल्टाउने काम गलत भएको बताउनु भएको छ ।
नेकपा भित्रकै माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्डको अन्तर संघर्षले गुमेको जनादेश नेपालको संसदिय व्यवस्थाका लागी गलत भएको बताउनु भयो । साथै अहिलेको सरकार समिकरणका दृष्टिकोणले मिलेपनि लोकतन्त्रका दृष्टिकोणले मिल्न नसकेको बताउनुभयो ।
त्यस्तै उहाँले मन्त्रीपरिषद विस्तार गर्ने क्रममा सर्वोच्च अदाल र गठबन्धनविच लेनदेनको काम सार्वजनिक भएकाले अदालतका फैसलाहरु लेनदेन आधारित पुष्टि भएको पोख्रेलले बताउनु भयो । यसले विगतका फैसलाहरु संबैधानिक र लोकतान्त्रिक नभएको बताउनु भयो ।
उहाँले अध्यादेश र परमादेशमार्फत एमालेलाई फुटाउने काम गरेका न्यायधिसहरु नै विभुषित भएकाले नैतिक जिम्मा बहन गर्न आवश्यक रहेको बताउनु भयो । लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री समेत रहनु भएका पोख्रेलले वर्तमान सरकारलाई विकास विरोधी सरकार भएको आरोप लगाउनु भएको छ ।
प्रेस चौतारी नेपाल दाङ शाखाले आज घोराहीमा आयोजनामा गरेको पत्रकार सम्मेलनका क्रममा बोल्दै नेता पोख्रेलले वर्तमान गठबन्धनको सरकार विकास विरोधी भएको जिकिर गर्नुभएको हो । केपी शर्मा वली सरकारले ल्याएका १४ सय सडक आयेजना कटौती गरेर विपन्नवर्गलाई प्रतिव्यक्ति १० हजार रुपैया उपलब्ध गराउन थालेको बताउनुभयो ।
१४ सय सडक आयोजना सम्पनन गर्दा विकास निर्माणसँगै श्रममार्फत् जनताको जिवनस्तर माथि उठाउन महत्वपुर्ण भुमिका खेल्ने बताउनु भयो । साथै उहाँले नेकपा एमाले १० औं महाधिवेशन सक्ने तयारीमा रहेको बताउँदै महाधिवेशनमा अलमलमा परेको काङ्ग्रेसलाई इङ्गित गर्दै उहाँले पार्टीको अधिवेशन सम्पन्न गर्न अलमलिएको नेतृत्वले देशको नेतृत्व गर्न नसक्ने बताउनु भएको हो ।
प्रेस चौतारीका कार्यवाहक अध्यक्ष ईन्द्र डिसीको अध्यक्षतामा भएको कार्यक्रमको सहिजकरण सचिव प्रेम बहादुर राम्जाले गर्नु भएको थियो ।
