इन्टरपोलबाट रेड नोटिस जारी भएसँगै कम्बोडियामा पक्राउ परेकी शाक्यलाई नेपाल ल्याइयो

काठमाडौं । वैदेशिक रोजगारी ठगी लगायत मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएसँगै कम्बोडियामा पक्राउ परेकी सिन्धुपाल्चोक मान्खा ठेगाना भएकी बिनु शाक्यलाई नेपाल प्रहरीले नेपाल ल्याएको छ । त्यस्तै उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ आइतबार नेपाल फिर्ता ल्याइएको प्रहरी प्रधान कार्यलयले सोमबार जनाएको छ । वैदेशिक रोजगारीमा सिंगापुर पठाईदिन्छु भनि ४० जना भन्दा बढी व्यक्तिहरूबाट […]

लमहीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

दाङ । देउखुरीको लमहीमा मोटरसाइकल दुर्घटना हुँदा सोमबार आज बिहान साढे ६ बजेतिर एक युवकको मृत्यु भएको छ । लमही – गढवा सडक खण्डमा लमहीबाट गढवा तर्फ जाँदै गरेको रा ७ प ४०७४ नम्बरको मोटरसाइकल लमही बजारको बैंक रोडमा अनियंत्रित हुँदा उनी गम्भीर घाइते भएका थिए । त्यस्तै मृत्यु हुनेमा राप्ती गाउँपालिका वडा नम्बर -५ […]

नयाँ पाइला पुर्नस्थापना केन्द्रमा संयुक्त भाइटीका कार्यक्रम सम्पन्न

दाङ । तुलसिपुर उपमहानगरपालिका वडा नम्बर १९ मा रहेकाे राप्ती अञ्चलकै पहिलो नयाँ पाइला पुर्नस्थापना केन्द्रमा संयुक्तरुपमै भाइटीका कार्यक्रम आइतबार आज सम्पन्न भएकाे छ । केन्द्रमा रहेका उपचारार्थीहरुका लागि संस्थामै भाइटीका कार्यक्रमकाे व्यवस्थापन गरेकाे संस्थाका कार्यकारी निर्देशक सुरेश भुसालले जानकारी दिए । केन्द्रमा १२ जना दिदिबहिनीहरु संस्थामै आइ दाजुभाइ र दिदीबहिनीसँग भाइटीका कार्यक्रम सम्पन्न गरेका […]

अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को महासभामा भाग लिन प्रहरी महानिरीक्षक बेलायत प्रस्थान

काठमाडौँ । भोलिदेखि आगामी बिहीबारसम्म संयुक्त अधिराज्यको ग्लास्गोमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) को ९२ औँ महासभामा भागलिन प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर तीन सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आइतबार आज बिहान बेलायत तर्फ प्रस्थान गरेका छन् । त्यस्तै इन्टरपोलका एक सय ९६ सदस्य राष्ट्रका प्रतिनिधि सहभागी हुने महासभाका क्रममा इन्टरपोलर विश्व स्वास्थ्य सङ्गठन बिचको […]

दाङमा जुवा खालबाट एक लाख ३३ हजार नगद सहित १० जना पक्राउ

दाङ । दाङमा जुवा खालबाट एक लाख ३३ हजार रुपैयाँ नगद सहित १० जना पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर –१७ वनकट्टाका देवबहादुर वलीको घरमा कौडा खेलिरहेको गोप्य सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो । त्यस्तै पक्राउ पर्नेमा तुलसीपुर–१७ बनकट्टा बस्ने ५७ वर्षीय भीम वली, सोही ठाउँकै ४९ वर्षीय लुमा सिंह बस्नेत, ३२ […]

आज भाइटीका,उत्तम साइत बिहान ११:३७ बजे

काठमाडौँ । तिहारको पाँचौं दिन अर्थात आज भाइटीकाको दिन । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर भव्य साथ मनाउँदै छन् । त्यस्तै आजको दिनलाई यमद्वितीया पनि भनिन्छ ।दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई […]

पूर्व गृहमन्त्री रवि लामिछानेलाई बुटवलमा उपस्थित गराउन रुपन्देही प्रहरीको पत्राचार

काठमाडौँ । पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उपस्थित गराउन रुपन्देही प्रहरीले कास्कीमा पत्र पठाएको छ । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा कार्तिक २ मा पक्राउ परेका लामिछानेलाई अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ । सूर्यदर्शनको रकम अपचलनबारे अनुसन्धान अधिकृतहरूले उनको बयान लिएका छन् । कार्तिक १४ मा बयान […]

एक करोड ९२ लाख बढी ठगीमा संलग्न फरार दुई जना पक्राउ

काठमाडौं । प्रहरीले करिब २ करोड रुपैयाँ ठगेर फरार भएका दुई जना आरोपीलाई काठमाडौँको टोखाबाट पक्राउ गरेको छ । त्यस्तै पक्राउ पर्नेमा गोरखाको भिमसेनथापा गाउँपालिका–७ घर भएर काठमाडौँको टोखा बस्ने रमा ढकाल र नुवाकोटको तादी गाउँपालिका घर भएका रवि रिजाल छन् । उनीहरुलाई टोखाबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले बताए । […]

आज गोरु,गोवर्द्धन र हली पूजा गरि मनाइँदै

काठमाडौँ । कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर भव्य साथ मनाइँदै छ । वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजा गरी मीठामीठा खानेकुरा खान दिने प्रचलन छ । गोरुलाई देवाधिदेव महादेवको वाहन अर्थात् साँढेका रूपमा पनि पूजा गर्ने […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]