
Fmb
Rsb
Ppu
Ksb
Ksb
Bsn
Nsb
Ssb
Rks
Tgp
jsb
Usb
Ssb
Gsb
Csb
Ksb

Gsb
Ssb
Hl1
Tsb
Usb

ptl
Nps
Rgu
दाङ । दाङमा जुवा खालबाट एक लाख ३३ हजार रुपैयाँ नगद सहित १० जना पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर –१७ वनकट्टाका देवबहादुर वलीको घरमा कौडा खेलिरहेको गोप्य सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो ।
त्यस्तै पक्राउ पर्नेमा तुलसीपुर–१७ बनकट्टा बस्ने ५७ वर्षीय भीम वली, सोही ठाउँकै ४९ वर्षीय लुमा सिंह बस्नेत, ३२ वर्षीय नरबहादुर चौधरी, ५८ वर्षीय केशरबहादुर वली, ३६ वर्षीय शरद वली रहेका छन् । यस्तै, ३८ वर्षीय सुशिल वली, ४१ वर्षीय रेखबहादुर वली, ४९ वर्षीय मदन वली, ५१ वर्षीय देवबहादुर वली (घर धनी), घोराही–९, अस्पराका ४९ वर्षीय बालाराम भट्टराई नियन्त्रणमा रहेको रहेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा डिएसपी ईश्वर थापाले जानकारी दिए ।
नगदसहित जुवा खेल्न भूइँमा ओछ्याएको निलो बुट्टेदार गलैंचा एक थान र कौडा १७ थान बरामद गरेको प्रहरीले जनाएको छ ।
