
Gmk
Mbdvs
mbd
Rbs
Gisld
Pbu
Sds
Ksm
Anm
दाङ । “समयमै नसर्ने रोगको जाँच गरौं, स्वस्थ र दीर्घ जीवन बाँचौं” भन्ने मूल नारासहित गढवा गाउँपालिकाका पाँच वडामा समुदाय स्तरमा नसर्ने रोग (NCD) सम्बन्धी स्क्रिनिङ कार्यक्रम सुरु गरिएको छ । ३० वर्षभन्दा माथिका सबै व्यक्तिहरुलाई लक्षित गरी प्रमुख नसर्ने रोगहरुको रोकथाम र प्रारम्भिक पहिचान गर्ने उद्देश्यले कार्यक्रम सञ्चालनमा ल्याइएको हो । कार्यक्रम गढवा गाउँपालिकाको […]
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिकाका निलम्बित नगर प्रमुख (मेयर) भरत कुमार थापासहित १३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले सर्लाहीस्थित सागरनाथ वन विकास परियोजनाको जग्गामा अनधिकृत रूपमा माछा पोखरी निर्माण गरी राज्यलाई आर्थिक नोक्सानी पुर्याएको जिकिरसहित बुधबार आरोपपत्र दायर गरेको हो। त्यस्तै बागमती नगरपालिकाले सागरनाथ वन विकास […]
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ६ देउपुरमा रहेको देउखुरी पब्लिक इङलिस सेकेण्डरी स्कुल लमहीको खेलकुद सप्ताह कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।विद्यालयका अतिरिक्त क्रियाकलाप समितिका संयोजक कुबेर गिरीको अध्यक्षता तथा विद्यालय संचालन समितिका अध्यक्ष रतन कुमार केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा माघ १८ गतेदेखि २३ गतेसम्म संचालन भएको विद्यालय स्तरीय खेलकुद सप्ताह […]
सल्यान । सल्यानमा डबलक्याप बोलेरो जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा जिप चालक रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ४ का ३४ वर्षिय बिजय बिकको घटनास्थलमै मृत्यु भएको हो । पूर्वी रुकुमबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको ग १ ज ५६६१ नम्बरको डबल क्याप बोलेरो जिप बुधबार (आज) बिहान तुलसीपुर–कपुरकोट सडकखण्ड अन्तर्गत […]
दाङ । नेपाली कङ्ग्रेसका सह-महामन्त्री तथा दाङ क्षेत्र नम्बर–१ का उम्मेदवार योगेन्द्र चौधरीले लमही अस्पतालका बिरामीहरुसँग भेटघाट गरेका छन् । भेटका क्रममा उनले बिरामीहरुसँग प्रत्यक्ष कुराकानी गर्दै अस्पतालबाट प्रदान हुँदै आएका सेवाहरुको अवस्था बारे जानकारी लिएका थिए । उनले बिरामीका आफन्तहरुसँग पनि छलफल गर्दै उपचारका क्रममा कुनै किसिमको समस्या परेमा आफूलाई सम्झिन आग्रह गरेका छन् […]
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत कार्यभार सम्हालिरहेकी प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभाको आजको बैठकमा ‘चलचित्र विधेयक, २०८१’ प्रस्तुत गर्ने भएकी छिन् । सङ्घीय संसद् सचिवालयले आज अपराह्न १ः१५ बजेका लागि निर्धारण गरिएको राष्ट्रियसभा बैठकको सम्भावित कार्यसूची अनुसार प्रधानमन्त्री कार्कीले उक्त विधेयक छलफलका निम्ति प्रस्ताव गर्दै पारितसमेत गर्न सभासमक्ष प्रस्तुत गर्नेछिन् । यसैगरी,आजको […]
काभ्रे । रामेछापको सिरिसे ढाँडे हुँदै ओखलढुङ्गा तर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटनामा परेर ज्यान गुमाएका १२ मध्ये ९ जनाको सनाखत भएको छ । मंगलबार बिहान रामेछापको मचानेटार भन्ने ठाउँबाट बागमती प्रदेश ०१–००५ ख ९९७५ नम्बरको बस तामाकोशी नदीमा खसेको थियो । सो दुर्घटनामा परेर १२ जनाको मृत्यु भएको थियो । प्रहरीका अनुसार ७ पुरुष […]
काठमाडौं । राष्ट्रियसभाले सरकारबाट सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णयलाई सर्वसम्मतिले पारित गरेको छ । सभाको आजको बैठकले राष्ट्रियसभामा विचाराधीन सामाजिक सञ्जाल विधेयक २०८१ फिर्ता गरेकाे हाे । सभाका अध्यक्ष नारायण दाहालले याे विधेयकमाथि निर्णयार्थ प्रस्तुत गर्दै विधेयक फिर्ता भएको घोषणा गरेका हुन् । विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘सामाजिक सञ्जाल विधेयक २०८१ सम्बन्धी […]
सिरहा । सिरहा कारागारमा कैदीहरूले अझै प्रदर्शन जारी राखेका छन् । जिल्ला सुरक्षा समितिले सोमबार कारागारबाट नाइके इन्द्रजित यादवसहित १३ जनालाई बाहिर निकालेपछि सुरु भएको प्रदर्शन अझै नरोकिएको हो । अनुगमनका क्रममा कारागारभित्रबाट एक थान कटुवा पेस्तोल, दुई राउन्ड गोली, नगद १ लाख २० हजार रुपैयाँ, चुरोट, सुर्ती लगायतका कुरा भेटिएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको थियो […]