
Pes
Pbu
Rgp
Lnp
pku
Rgp1
Ggp
Ses
Gfs
Srbpu
Djs
cjs
Unsku
Sgr

Vor
Ksm
Hal
Rgs
Rsb
Sbs
Pvg
Asm
Sls
Ggd
Rgu
Bbbpu
Rgu
Gst
Wsp
Tsm
nsb
Bbu
Ssm

Jmb
Bml
Ptm
Abd
Rmb
Mks
Pls
Jmb
Gsb
bbt
sab
Syp
Rpp
काभ्रे । रामेछापको सिरिसे ढाँडे हुँदै ओखलढुङ्गा तर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटनामा परेर ज्यान गुमाएका १२ मध्ये ९ जनाको सनाखत भएको छ ।
मंगलबार बिहान रामेछापको मचानेटार भन्ने ठाउँबाट बागमती प्रदेश ०१–००५ ख ९९७५ नम्बरको बस तामाकोशी नदीमा खसेको थियो ।
सो दुर्घटनामा परेर १२ जनाको मृत्यु भएको थियो । प्रहरीका अनुसार ७ पुरुष र ५ महिला गरी १२ जनाको निधन भएको हो ।
दुर्घटनामा ८ जना घाइते भएका छन् ।
सबै शवहरु मन्थली अस्पताल पुर्याइएको छ । सशस्त्र प्रहरीको गोताखोर टोलीले अहिले पनि खोजी जारी राखेको छ ।
मृतकहरुको नामावली
१) दोलखा भिमेश्वर नगरपालिका–७ बस्ने अन्दाजी २५ वर्षीया बबि तामाङ ।
२. दोलखा भिमेश्वर नगरपालिका–८ बस्ने अन्दाजी ६० वर्षीया मान बहादुर तामाङ ।
३. रामेछाप लिखु तामाकोशी गाउँपालिका–४ बस्ने अन्दाजी २८ वर्षीय दिपेश बस्नेत ।
४. रामेछाप लिखु तामाकोशी गाउँपालिका–७ बस्ने अन्दाजी ३५ वर्षीया सानुमाया तामाङ ।
५. रामेछाप लिखु तामाकोशी गाउँपालिका–७ बस्ने अन्दाजी ३१ वर्षीया तारा तामाङ ।
६. रामेछाप लिखु तामाकोशी गाउँपालिका–७ बस्ने अन्दाजी ३६ वर्षीय भिम बहादुर तामाङ ।
७. रामेछाप लिखु तामाकोशी गाउँपालिका–७ बस्ने अन्दाजी १६ वर्षीया रमिता तामाङ ।
८. रामेछाप लिखु तामाकोशी गाउँपालिका–४ अन्दाजी २५ वर्षीय दिपेन्द्र बस्नेत।
९. सिन्धुली गोलन्जोर गाउँपालिका–६ अन्दाजी ३४ वर्षीय शिव श्रेष्ठ ।
त्यस्तै अन्य ३ जना मृतकको सनाखत हुन बाँकी रहेको छ ।
