
Ppu
Bsn
Csb
Rks
Tgp
Ksb
jsb
Ssb
Ksb
Ksb
Ssb
Rsb
Usb
Gsb
Fmb
Nsb

Hl1
Ssb
Tsb
Usb
Gsb

Nps
ptl
Rgu
दाङ । देउखुरीको राजपुर गाउँपालिकाले वडा नम्बर २ स्थित निर्माणाधिन माछा पोखरीको अनुगमन गरेको छ । पोखरीका नाममा नदीजन्य पदार्थ उत्खनन् भएको र राजश्व छली भएको आरोप लागेपछि गाउँपालिकाले उक्त पोखरीको अनुगमन गरेको हो । स्थानीय प्रकाश जिसीले आफ्नो जग्गामा पोखरी निर्माणका लागि खाल्डो खनेका छन् । उक्त खाल्डो खन्दा निस्कीएको नदीजन्य पदार्थ ( मिस्कट) राजश्व छली गरेर बिक्री गरेको भन्दै आरोप लागेको थियो । तर गाउँपालिकाले भने उक्त पोखरीबाट नदीजन्य पदार्थ राजश्व छली भएर बिक्री नभएको निष्कर्ष निकालेको छ ।
अनुगमनका क्रममा गाउपालिकाका प्राबिधिक सहितको टोलि
पोखरी खन्दा निस्केको माटो पोखरीको डिल र पोखरी क्षेत्रमै थुपारेर राखिएको छ । ‘पोखरी खन्दा निस्केको माटो सबै पोखरीको डिल र पोखरी क्षेत्रमा छ नि,’ जग्गाधनी प्रकाशले भने ‘कसरी राजश्व छली गरेर मिस्कट बिक्री भयो ?’ राजश्व छली गरेर बिक्री गरेको भन्ने आरोप सरासर झुठ रहेको भन्दै उनले गाउँपालिकालाई बुझाउनु पर्ने राजश्व आँफूले बुझाएको दाबी समेत गरे । ‘पोखरी खन्दा निस्केको केहि परिमाणको मिस्कट मैले प्रयोग गरेको हुँ,तर मैले राजश्व छलेको भने हैन,’ उनले भने ‘एक लाख ८३ हजार रुपैयाँ मैले गाउँपालिकालाई बुझाएको हुँ, तर ८३ हजार रुपैयाँ मात्रै बुझाएको भनेर ममाथि गलत आरोप लगाईयो ।’
गाउँपालिकाका अध्यक्ष लोकराज केसीले पनि पोखरी निर्माणका क्रममा कसैले राजश्व छली नगरेको दाबी गरे । गाउँपालिकालाई १ लाख ८३ हजार रुपैयाँ राजश्व बापत आएको उनले बताए । ‘फल्नो फल्नोको मिलेमतोमा राजश्व छली गरेर नदीजन्य पदार्थ बिक्री भएको भनेर गलत आरोप लगाईएको छ,’ गाउँपालिका अध्यक्ष केसीले भने ‘गाउँपालिकाले नियमानुसार आफ्नो काम गरेको छ,यसमा कुनै शंका छैन ।’
राजश्व छलीमा केसीको समेत संलग्नता रहेको भनेर आरोप लगाईएको थियो । गाउँपालिकाका उपाध्यक्ष धनपती यादवले पनि राजश्व छली भएको भनेर गलत आरोप लगाईएको र गाउँपालिका नियम भन्दा बाहिर गएर काम नगरेको दाबी गरिन् । ‘हद भन्दा बढि आरोप सैह्य हुँदैन,ब्यक्तिगत रिसिईबी साँध्नका लागि जे पनि आरोप लगाईदिने ?’ उनले भनिन् ‘यो पोखरी निर्माणका क्रममा कहाँ कसरी राजश्व छली भयो ? गाउँपालिकामा आएर सबै हेर्दा हुन्छ ।’ गाउँपालिकाका प्राविधिक सहित पोखरी अनुगमनमा पुगेको गाउँपालिकाले उक्त पोखरीको नापजाँच समेत गरेको छ ।
उक्त नापजाँचका आधारमा गाउँपालिकाले आफ्नो अध्ययन प्रतिवेदन सार्वजनिक समेत गर्ने भएको छ । ‘जुन खालको आरोप लागेको छ, त्यो आरोपको एकिन जाँच गरेर प्रतिवेदन सार्वजनिक गर्ने छौँ,’ गाउँपालिका अध्यक्ष लोकराज केसीले भने ‘त्यहि भएर हामीहरुले प्राविधिक सहितको टोली सहित पोखरीको नापजाँच गरेका छौँ ।’ गाउँपालिकाले पोखरीबाट निकालिएको माटो, पोखरीको लम्बाई चौडाई तथा गहिराई नापेर उक्त पोखरीबाट निकालिएको माटो तथा मिस्कटको एकिन नतिजा निकाल्ने भएको छ ।इखोजपत्रीका
