
Pbu
Gfs
pku
Unsku
Sgr
sbs
Pes
Rgp1
Ggp
Djs
Srbpu
cjs
Rgp
Lnp

Rgs
Rsb
Sls
Vor
Hal
Tsm
Asm
Ksm
Pvg
Rgu
Bbbpu
Sbs
Rgu
Ggd
Gst
Ssm
Wsp
nsb
Bbu

bbt
sab
Jmb
Mks
Rmb
Pls
Gsb
Jmb
Abd
Rpp
Syp
Bml
Ptm
दाङ । नेकपा एमाले घोराही उपमहानगरको प्रथम बैठकले मुलुकको राजनीतिक, सामाजिक तथा समसामयिक विषयमाथि ध्यानाकर्षण भएको जनाउँदै १० बुँदे निर्णय गरेको छ । मंगलबार सम्पन्न पालिका अधिवेशनको समीक्षा गर्दै नेकपा एमाले घोराही नगर कमिटीले वर्तमान राजनीतिक अवस्था र समसामयिक विषयमाथि ध्यानाकर्षण गराउँदै १० बुँदे निर्णय सार्वजनिक गरेको हो । अधिवेशनले भुवन चौधरीको अध्यक्षतामा ८५ सदस्यीय नगरकमिटी गठन गरेको छ । जिल्लाका १० वटै पालिकामा सर्वसम्मतिमै पालिकाको संगठनात्मक नेतृत्व चयन गरिएको छ ।
घोराही नगर कमिटी अध्यक्ष भुवन चौधरीको अध्यक्षता तथा नेकपा एमाले जिल्ला सचिव मनोहर बुढाथोकीको प्रमुख आतिथ्यतामा बुधबार एमाले पार्टी कार्यालय भरतपुरमा पत्रकार सम्मेलन गरी वार्षिक कार्य योजना तय गर्दै समसामयिक विषय तथा वर्तमान राजनीतिक घटना क्रममाथि सत्ता पक्षले गरेको गैर जिम्मेवारपूर्ण कामको भत्र्सना गर्दै पार्टीको गम्भीर ध्यानाकर्षण भएको भन्दै विरोध गर्ने निर्णय गरेको छ । पत्रकार सम्मेलनमा बैठकले गरेको निर्णय सार्वजनिक गर्दै नगर अध्यक्ष चौधरीले सुदृढ नेकपा एमाले निर्माण गर्नुको साटो पार्टीलाई क्षति गर्ने उद्धेश्यले अराजक र गुटगत स्वार्थका कारण माधव नेपाललगायतले गरेको पार्टी प्रतिको गद्दारीलाई बैठकले घोर भत्र्सना गर्ने निर्णय गरेको बताए ।
यस्तै, बैठकले बेमौसमी शरदीय वर्षाका कारण जिल्लामा धानबालीलगायत कृषिमा भएको क्षति प्रति दुख व्यक्त गर्दै अबिलम्ब गरिब किसानको पहिचान गरी क्षतिपूर्तिको लागि केन्द्र र प्रदेश सरकारसँग माग गरेको छ । प्रजातन्त्र, समर्पणवाद र जनजीवनमाथि खेलवाड गर्ने र राष्ट्रियतामाथि उपेक्षा गनेए सबैखाले प्रवृत्तिको पनि अधिवेशनपछिको बैठकले विरोध गरेको छ । समृद्ध लुम्बिनी प्रदेश बनाउने लक्ष्यका साथ प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोख्रेलको कार्यकालमा योजना तय भएका विकास निर्माण तथा दीर्घकालीन योजनासहितका कार्यक्रमलाई वर्तमान प्रदेश सरकारले कतौटी गरेर जनविरोधी काम गरेकोभन्दै यस्ता काम नगर्न र तत्कालीन सरकारले अघि सारेका कामलाई निरन्तरता दिन जोडदार माग गरेको छ । समृद्ध नेपाल र सुखी नेपालीको चाहना पूरा गर्न माक्र्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवादको आलोकमा अघि बढ्न वर्तमान कार्यसमिति र सिंगो संगठनले संकल्पसहित समर्पित हुने प्रतिवद्धता जनाएको छ ।
यस्तै, एमालेको सरकार ढाल्न देशीविदेशी प्रतिकृयावादी तत्वहरुले खेलेको अपवित्र गठबन्धनका क्रियाकलापकोे घोरभत्र्सना गर्दै त्यस्ता क्रियाकलापको प्रतिवाद गर्ने बैठकले प्रतिवद्धता जनाएको अध्यक्ष चौधरीले बताए । पालिका अधिवेशनलाई सफल बनाउन सहयोग गर्नुहुने पार्टी पंक्ति, अग्रज, नेता कार्यकर्ता, शुभेच्छुक सबैमा बैठकले धन्यवाद दिएको छ । बैठकले कोरोना महामारीका दिवंगत हुन पुगेका सम्पूर्ण व्यक्तिहरु प्रति श्रद्धाञ्जलि व्यक्त गर्दै कोरोना संक्रमितहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । यस्तै, एमालेका संस्थापक सदस्य माणिकलाल गौतमको निधन प्रति श्रद्धाञ्जलि अर्पण पनि गरेको लगायत निर्णय भएको अध्यक्ष चौधरीले पत्रकार सम्मेलनमार्फत जानकारी गराए ।
कार्यक्रममा जिल्ला सचिव मनोहर बुढोथोकीले एमालेले अहिलेको विषमपरिस्थितीमा पनि ऐतिहासिक निर्णय गर्न सफल भएको दावी गरे । उहाँले एमालेको तल्लो तहको संगठनमा जनताको शक्ति कति छ भन्ने कुराको प्रमाणित गर्ने बलियो आधार वडा तथा पालिका अधिवेशनमा सर्वसम्मति कायम हुन सक्नु भएको बताए । उनले भने, ‘एमालेको शक्ति कति रहेछ भन्ने कुरा सबैले राम्रोसँग हुने बुझ्ने मौका पाए । यो बेलामा पार्टीको संगठन कति बलियो गरी उभिएको रहेछ भन्ने प्रमाणित भयो, विरोधीको आरोप हामीले राम्रोसँग चिर्न सफल भएका छौँ ।’ उनले अबको कार्यभार भनेको जनताको जनजीविका, समस्या, गुनासो सम्बोधनका लागि गाउँगाउँ, वडावडामा, दूरदराजमा पुगेर काम गर्ने रहेको बताए ।
यसका लागि अहिलेको कार्यसमिति सक्षम रहेको विश्वास व्यक्त गरे । अधिकांश युवा शक्ति, जोश, जाँगर र योजनाले भरिएको हुँदा उर्जावान विचारलाई पार्टीमा गोलबद्ध गर्न फेरि जनलहर निर्माण गर्ने गरी काममा खट्न र संगठनलाई सबल, सुदृढ तथा बिस्तारित गर्न ध्यानाकर्षण गराएका छन् । कार्यक्रममा घोराही नगर उपाध्यक्ष तारा पुरी, एमाले जिल्ला संगठन विभाग प्रमुख विवेक श्रेष्ठ, घोराही सह इन्चार्ज भानसिंह बुढा, जिल्ला कमिटी सदस्य एवं प्रशासन विभाग प्रमुख सानुनारायण अधिकारी, सविन प्रियासनलगायत नव निर्वाचित कार्यसमिति पदाधिकारीको उपस्थिती रहेको थियो ।
कार्यक्रमको सहजीकरण ईन्द्र बुढाथोकीले गरेका थिए । यस्तै, बैठकले आगामी १७ गते तिहार, छठ पर्व र नेपाल सम्वतको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गर्ने निर्णय भएको जनाउँदै सचिव बुढाथोकीले उपस्थितीका लागि सबैमा अनुरोध गरेका छन् ।
