दाङ । गत असोज ३१ गतेदेखी परेको अबिरल बर्षाले किसान अत्यधिक पिडित बनेको भन्दै उनिहरुलाई उचित क्षेतीपुर्ती दिलाउन काँग्रेसले चासो देखाएको छ ।
अबिरल बर्षाले देशैभर जनधनको नोक्सान गर्यो । देशमा कतिले ज्यान पनि गुमाउन पय्रो । कतिको बर्षदिन भरी खानेगरी भरखरै भित्राएको तथा खेतमै भएका अन्नपात बगाएर नोक्सान भएको छ भने कति घरपरिवार त बिस्थापित पनि भए । तिनै पिडित किसानहरु लाई उचित क्षेतीपुर्ती दिलाउनका लागि नेपाली काँग्रेसले विभिन्न क्षेत्रका जनप्रतिनिधि हरुलाई ज्ञापन पत्र बुझाएको छ ।
दाङको लमही नगरपालिका वडा नम्बर ८ नेपाली काँग्रेस वडा समितिले सोही वडाका वडाध्यक्ष मेघ नारायण चौधरीलाई सोमबार ज्ञापन पत्र बुझाएको छ । अविरल वर्षातले किसानको अन्नबालीमा भएको क्षेतीलाई एक्किन गरी क्षतिपूर्तिको लागि पहल गरिदिन ध्यानाकर्षण गराउँदै ज्ञापन पत्र बुझाएको वडा सभापती यादव नाथ योगीले बताए ।
ज्ञापनपत्रमा किसानको पिडालाई सम्बोधन हुने गरि उचित क्षतिपूर्तीको लागि पहल गरिदिन आग्रह गरिएको उल्लेख छ । यो भन्दा अघि नेपाली काँग्रेस लमही नगर समितिले पनि लमही नगर प्रमुख कुलबहादुर केसीलाई ज्ञापन पत्र बुझाईसकेको छ ।