
pku
Lnp
Srbpu
sbs
Sgr
Rgp
Unsku
Rgp1
Ggp
Pes
cjs
Gfs
Djs
Pbu

Pvg
nsb
Tsm
Rgu
Asm
Rgu
Ssm
Rgs
Sbs
Hal
Bbbpu
Wsp
Gst
Ksm
Rsb
Vor
Bbu
Sls
Ggd

Rpp
Jmb
Pls
Jmb
Mks
Ptm
sab
bbt
Abd
Gsb
Bml
Syp
Rmb
दाङ । लुम्विनी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रजित चौधरीले राज्यको निती कार्यान्वयमा आफु लागि पर्ने बताएका छन् । दाङ जिल्ला उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा उनले यस्तो बताएका हुन । राज्यको निती कार्यान्वयन नहुँदा धेरै समस्या हुने गरेकाले यसको प्रभावकारी कार्यान्वयनका लागि आफु अगाडि वढने उनको भनाइ रहेको छ ।
‘सबैले आफनो जिम्मेवारी पुरा गर्नु पर्दछ जिम्मेवारी पुरा नगर्दा समस्या भएको छ’ मन्त्री चौधरीले भने । राज्यका निती कार्यान्वयन गराउनका लागि नागरिकले पनि सहयोग गर्नु पर्ने उनले बताए । प्रदेशको स्वास्थ्य अवस्थाको बारेमा तथ्याङक समेत नभएको हुदा कुन अवस्थामा रहेका छौ भनेर पहिचान गर्न समेत समस्या भएको मन्त्री चौधरीको भनाइ छ । स्वास्थ्य अवस्थाको वारेमा पहिचान गरे अगाडि वढने उनले बताए । ‘प्रदेश सरकारले दिने उपचार खर्च प्रदेशमा नै उपचार गर्न खर्च हुने गरि स्वास्थ्य सेवा लाई अगाडि वढाइने छ’ मन्त्री चौधरीले भने ।
एउटा क्षेत्रमा समस्या हुदा अन्य क्षेत्रमा समेत समस्या हुने भएकाले सुधार गरेर अगाडि वढनु पर्ने बताए । सबै मिलेर स्वास्थ्य क्षेत्रको विकासमा लाग्नु पर्ने उनको भनाइ रहेको छ । ‘विगाने होइन सहयोगिको भुमिका खेल्न आवस्यक छ ’ मन्त्री चौधरीले भने । कार्यक्रममा संघका उद्योग उपाध्यक्ष अनिल आचार्यले जिल्लाको विकासका लागि संघले थालेका तथा अन्य विकासका आयोजना अगाडि वढाउन पहल गर्ने आग्रह गरेका थिए । कार्यक्रम संघका अध्यक्ष टंकसिह वुढाथोकीको अध्यक्षतामा भएको थियो । संघका वरिष्ठ उपाध्यक्ष नरेश कार्कीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण महासचिव महेन्द्र वुढाथोकीले गरेका थिए ।तुलसीपुरअनलाइन
