शिबराज पन्थी/गढवा सोमबार, कार्तिक ०१, २०७८

दाङ । आइतवारदेखि परेको अबिरल बर्षाकाकारण देउखुरीका बिभिन्न स्थानहरुमा किसानहरुले काटेको धानवालीमा ब्यापक क्षति पुगेको छ ।

देउखुरीको गंगापरस्पुर, गोबरडिहा, गढवाका बालाखुटी, हाँसीपुर,वालापुर, घोराहा, सेमरी, मानपुर, मोतिपुर, झारबैरा, बोधिपुर, कान्छीगाउँ र राजपुर गाउँपालिका, राप्ती गाउँपालिका तथा लमही नगरपालिकाका बिभिन्न स्थानहरुमा किसानहरुले काटेर खेतमा सुकाएको र काट्न बाँकी रहेको धानवालीमा ब्यापक क्षति भएको पाइएको छ ।

हामी दुखी किसानको खुसी प्रकृतिले खोस्दै छ । खेतभरी धान काटेर सुकाएको बेला एकाएक पानी परेपछि धान खेतमै डुबेको छ–गढवा ६ बालाखुटीका किसान मनिराम अर्यालले भन्नुभयो । गढवा ७ का किसान हेमनारायण चौधरीले पनि धान काटेर खेतमा सुकाएको बेला पानी परेर सबै धान डुबेको बताउनुभयो । भर्खर आलु लगाएको पानीले बिगार्यो । धान भित्राउने बेला पानी आयो । समयमा धान दाउने थे्रसर पाइएन गढवा ६ रामपुरका राजकुमार यादवले भन्नुभयो । दशै अघि काटेको धान पनि थे्रसर नपाउँदा भित्रायाउन नपाएर खेतमै उम्रने भयो–गढवा ६ का खुमानन्द पोखे्रलले भन्नुभयो । यत्तिबेला देउखुरीका किसानहरु कसैले पानीमा डुबेको धान बोकेर अग्लो ठाउँमा राख्दै छन् त कसैले पानीले बगाएको धान खेज्दै छन् ।

हाम्रो खुसी प्रकृतिले खोस्यो । बर्षभरी दुख गरेर धान काटेको बेला एकाएक पानी आयो । झण्डै एक बिगाह बढीको धान खेतमै डुब्यो । गढवा ३ गोबरडिहाका किसान रोशन कुमार चौधरीले भन्नुभयो । गोबरडिहाकै चञ्चला चौधरीको पनि उस्तै बेथा छ । बर्षभरीको खेति पानीले डुबाउँदा उहाँ निकै दुखित हुनुहुन्छ । खेतमै रहेको तर नकाटेको धान पनि हावाले ढालेर पानीमा डुबेको छ । नकाटेको हुनाले बगाउन त नसक्ला तर धान पानीमा डुबेपछि बिग्रीहाल्छ–गढवा ६ रामपुरका शुन्दर यादवले भन्नुभयो । उहाँहरुको जस्तै देउखुरीको अधिकांश किसानहरुले काटेर खेतमा सुकाएको सयौं बिगाहको धानबाली नियमित परेको बर्षाका कारण खेतमै डुबेको छ भने कसैको भलले बगाउने खतरा पनि उत्तिकै छ ।

दशै मनाएर धान काट्ने योजना साँचेका अधिकांश किसानहरुको खेतमा काटेर सुकाएको धानवाली पानीले डुबाएको हो । धान दाउने थे्रसर मसिन भनेको बेला पाइन्न । सबैको धान एकै पटक पाकेको छ । जसले गर्दा दशैअघि काटेको धान पनि भित्राउन कठिन भएको हो । साना किसानहरुले आफ्नो धान दाउने मसिन आफैले किन्न सक्तैनन् । काटेको धान अर्केको मसिन भाडामा लिएर दाउने बाटो हेर्दाहेर्दै अधिकांश किसानहरुले समयमै थे्रसर मसिन नपाउँदा धान बर्षात्को पानीले डुबाएको बताउँछन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]