
Jns
Lnp
Usb
Rgp
Rgp
lnp
Dbs
Ggp
Rgp
Sgp
Asb
Ggp
Dus
ksb
Lks
Rgp


दाङ । आइतबारदेखि लगातार परेकाे अविरल वर्षाका कारण भालवाङ र प्यूठान सडक खण्ड अबरुद्ध भएको छ । लगातारको बर्षाको कारण करिब ७ बढी ठाउँमा पहिरो गएको छ । पहिरो जाँदा सडक अबरुद्व भएको हो।
भालुवाङ तथा प्यूठान सडक खण्ड अन्तर्गतको गर्जेनी ,खहरेखोला लगायतको बिभिन्न ठाउँमा ठूलो पहिरो खसेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ।त्यस्तै सरुमारानी गाउँपालिकाको बड्डाडा देखि प्यूठान तर्फका सडक अबरुद्ध हुँदा जिल्ला भित्रने र बाहिरिने गाडीहरु बिचमै रोकिएका छन् । यहाँ पानी पर्ने बित्तिकै पहिरो झर्ने र सवारी आवागमन अवरुद्ध हुने गरेको छ ।
पछिल्लो समय मुख्य सडकसंग जोडेर खनिएका शाखा सडकबाट पानी पर्ना साथ ढुङगा माटो सहितको लेदो मुख्य सडकमा आउने गरेको पाईएको छ। अहिले जेसिबी मार्फत पहिरो पन्छाउने कार्य भइरहेको प्यूठान प्रहरी प्रमुख सुनिल मल्लले जानकारी दिनु भयो ।
