शिबराज पन्थी/गढवा शनिबार, आश्विन २३, २०७८

दाङ । गढवा गाउँपालिकाले बिद्यालय शिक्षलाई डिजिटल प्रबिधितर्फ लैजान लुम्बिनी प्रदेशमै पहिलो अभ्यास सुरुवात गरेको छ । शुक्रवार गढवा गाउँपालिका शिक्षा शाखाको आयोजना र प्रज्ञान दृष्टि स्मार्ट एजुकेशन काठमाडोको समन्वय सहकार्यमा अभियान सुरु गर्न शिक्षकहरुलाई अभिमुखिकरण गरिएको छ ।

गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको अध्यक्षतामा एक बिद्यालय एक डिजिटल लाइबे्ररी सम्बन्धि अभिमुखिकरण आयोजना गरिएको हो । पालिकाभरका १–८ र ९–१२ का बिद्यार्थीहरुलाई मोवाइल र कम्प्युटरबाट पठन–पाठन गर्न गराउन बिद्यालयका प्रअ र कम्प्युटर शिक्षकहरुलाई यो प्रबिधिबारे सिकाई अभ्यास गराइएको शिक्षा प्रमुख श्याम बिकले जानकारी दिनुभयो ।

कोभिड लगायत अन्य महामारीको समयमा बिद्यार्थीहरु घरमै बसेर डिजिटल प्रबिधिबाट नेपाल सरकारको पाठ्यक्रम अध्ययन गर्न सक्ने प्रबिधिको लक्ष्य रहेको प्रज्ञान दृष्टि स्मार्ट एजुकेशन काठमाडौका निर्देशक हेमन्त मिश्रले बताउनुभयो । यो प्रबिधिबाट मोवाइल वा कम्प्युटरमा एप्स डाउनलोड गरि सजिलो र प्रभावकारी ढंगले पढ्न सकिन्छ । नेट इण्टरनेटमा पैसाखर्च पनि हुदैन । बिना इन्टरनेट मोवाइल र कम्प्युटरमा एप्लीकेशन हालेर पढ्न सकिन्छ–मिश्रले भन्नुभयो । लुम्बिनी प्रदेशमा गढवा पहिलो हो,कार्यान्वयन गर्नुस यसको प्रभावकारीता पुर्वि नेपालमा लोकप्रिय बनेको छ–उहाँले भन्नुभयो ।

नेपाल सरकारको पठ्यक्रममा रहेको कोर्ष घरमै बसेर वा घरबाहिर भएको बेला पनि पढ्न सकिने र त्यसको लागि अनलाइन कक्षामा जस्तो इण्टरनेट र शिक्षक पनि आवश्यक नपर्ने बताइएको छ । कार्यक्रममा बोल्दै बिना इण्टरनेट मोवाईल वा कम्प्युटर प्रबिधिबाट पट्न सकिने यो सिष्टम लुम्बिनी प्रदेशमा गढवाको पहिलो अभ्यास हो–अध्यक्ष सहजराम यादवले भन्नुभयो । गाउँपालिकाले शिक्षा क्षेत्रमा रहेका बिभिन्न समस्या समाधान गर्दै निजी स्रोतका शिक्षक ब्यवस्थापन लगायतका अन्य अभियान पनि सुरु गरेको र अबका दिनमा कोभिड महामारी फैलिएमा यो प्रबिधि सिकाई अभ्यासको सहज बाटो हुने उहाँले बताउनुभयो ।

अभिमुखिकरण कार्यक्रममा उपस्थित बिद्यालयका प्रअहरु त्था कम्प्युटर शिक्षकहरुलाई प्रज्ञानदृष्टि स्मार्ट एजुकेशन काठमाडौका प्राबिधिक बिशेषज्ञहरु हेमन्त मिश्र,जिवन क्षेत्री र रमेश जोसिले प्राबिधिक सहजीकरण गर्नुभएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]