बाँके । सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हे.क्वा. बागेश्वरी बाँकेबाट सशस्त्र प्रहरी साहेक निरीक्षक राधेश्याम चौधरीको कमाण्डमा खटिएको गाडी मोबाईल टोलीले जिल्ला बाँके नेपालगंज उपमहानगरपालिका- १५ पिप्रहवा र सशस्त्र प्रहरी बल नेपाल वि.ओ.पि. जमुनाह बाँकेबाट सशस्त्र प्रहरी नायब निरीक्षक योगेन्द्र बहादुर शाहीको कमाण्डमा खटिएको सशस्त्र प्रहरीको गाडी मोबाईल टोलीले बाँके नेपालगंज उपमहानगरपालिका- १६ जयसपुर ईलाकामा अवैध रुपमा भन्सार नाका छली भारतबाट नेपाल तर्फ ल्याउदै गरेको जम्मा मुल्य रु. ३¸६०¸७७० बराबरको लत्ता कपडा¸ छुर्पी¸ हरियो तरकारी¸ किराना सामान र सुपारी सहित UP 40 M 8273 नं. को भारतिय नं. प्लेटको मोटरसाईकल बरामद गरी थप आवश्यक कारवाहीको लागि नेपालगंज भन्सार कार्यालय जमुनाह बाँकेमा बुझाईएको सशस्त्र प्रहरी बल बियोपी जमुनाहका सूचना अधिकृत योगेन्द्र शाहीले जानकारी दिनुभएको छ ।