
Usb
Rgp
Rgp
Ggp
Ggp
Jns
Rgp
Rgp
lnp
Sgp
Lnp
Dbs
Asb
Lks
Dus
ksb


बाँके । जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारीबाट शुक्रबार जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका ट्राफिक प्रमुखको जिम्मेवारी १ बर्ष कार्यकाल सम्पन्न गरी तालुक प्रहरी प्रधान कार्यालयको आदेशानुसार तालुक प्रहरी प्रधान कार्यालय,अपराध अनुसन्धान विभाग,नक्साल जान लाग्नु भएका प्रहरी निरीक्षक राजु भण्डारीलाई शुक्रबार एक कार्यक्रमको आयोजना गरि मायाको चिनो प्रदान गरी बिदाई गरिएको थियो ।
त्यस्तै उक्त बिदाई कार्यक्रममा बाँके प्रहरी प्रबक्ता डिएसपी मधुसूदन न्यौपाने वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक डिल्ली खड्का जिल्ला प्रहरी बाँके मुद्दा शाखा प्रमुख प्रहरी निरीक्षक खिम बहादुर गामा लगाएतको सहभागिता रहेको थियो ।
बाँके जिल्ला ट्राफिक प्रमुख हुँदा भण्डारीले दुर्घटना न्यूनीकरण देखि स्कुल गाउँ नगर टोल बिकासमा समेत पुगेर ट्राफिक सचेतना सम्बन्धि अभियान चलाएका र करोडौंको राजस्व संकल समेत गर्नुभएको थियो ।

