
cjs
Unsku
Pbu
Sgr
Srbpu
Gfs
Ggp
Djs
Rgp
Pes
Rgp1
pku
Lnp
sbs

Wsp
Ggd
Ksm
Hal
Rgu
Tsm
Pvg
Rsb
Vor
Rgs
Rgu
Gst
Bbbpu
Asm
Ssm
Bbu
Sbs
Sls
nsb

Bml
Rmb
Jmb
Jmb
sab
Syp
Mks
Abd
Pls
Rpp
Gsb
Ptm
bbt
दाङ । दाङमा आज थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा २० जनाको पिसिआर परिक्षणबाट ४ जना र विभिन्न स्थानिय तहमा ८ जनाको एन्टिजेन परिक्षण गर्दा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोना पुष्टि हुनेमा ५ जना महिला र ३ जना पुरुष रहेका छन् । जसमा राप्तीका ५ जना, गढवा, लमही र घोराहीका एक एक जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।
त्यसैगरी, आज ८ जना कोरोना मुक्त भएका छन् । निको हुनेहरुमा घोराहीका ३ जना, तुलसीपुर र लमहीका २÷२ जना त्यस्तै राप्तीका एक जना रहेका छन् । दाङमा अहिले ६० जना कोरोनाका सकृय बिरामी छन् ।
ति मध्य ५१ जना घरमै र ६ जना आईसियूमा र अक्सिजन सहितको उपचारमा ३ जना रहेको केन्द्रले जनाएको छ । दाङमा बैशाख यता ९ हजार ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ति मध्य ८ हजार ८ सय २३ जना निको भएका छन् भने २ सय १५ जनाको मृत्युभएको छ ।
