
cjs
Pes
Rgp1
Gfs
Unsku
sbs
Srbpu
Djs
Rgp
Ggp
Pbu
pku
Sgr
Lnp

Rgu
Ggd
nsb
Vor
Hal
Ssm
Rsb
Wsp
Bbbpu
Sls
Asm
Rgs
Bbu
Pvg
Sbs
Tsm
Ksm
Rgu
Gst

Jmb
Abd
Gsb
Pls
Rpp
bbt
sab
Rmb
Mks
Bml
Ptm
Jmb
Syp
दाङ । दाङमा आज थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ३० जनाको पिसिआर परिक्षण गर्दा महिला र पुरुष ४÷४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोना पुष्टि हुनेमा तुलसीपुरका ४ जना, घोराहीका ३ जना र राप्तीका एक जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । त्यस्तै आज दाङमा १२ जना कोरोना संक्रमीत मुक्त भएका छन् । जसमा तुलसीपुरका ७ जना, घोराहीका ३ जना र राप्तीका २ जना रहेका छन् । शुक्रबार थप ८ जना सँगै दाङमा सक्रिय बिरामीको संख्या ७६ रहेको छ । ति मध्य घरमा ६८ जना, ७ जना आईसियूमा र एक जना अक्सिजन सहितको उपचारमा रहेको केन्द्रले जनाएको छ ।
यस्तै दाङमा बैशाख यता कोरोना संक्रमित हुनेको संख्या ९ हजार ६९ जना पुगेको छ । ति मध्य ८ हजार ७ सय,७८ जना निको भएका छन भने २ सय १५ जनाको मृत्युु भएको छ ।
