दाङ । आज दाङका थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा १० जनाको पिसिआर परिक्षण गर्दा १ जना पुरुष र १ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै आज कोरोना पुष्टि हुनेमा घोराही र तुलसीपुरका एक÷एक जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । यस्तै आज दाङका ९ जना कोरोना मुक्त भएका छन् । कोरोनामुक्त हुनेमा घोराहीका ८ जना र लमहीका १ जना रहेको केन्द्रले जनाएको छ । आज थपिएका २ जना सँगै दाङमा सकृय बिरामीको संख्या ८० रहेको छ । ति मध्य घरमा ७० जना, ६ जना आईसियूमा र ४ जना अक्सिजन सहितको उपचारमा रहेको केन्द्रले जनाएको छ ।
यस्तै दाङमा बैशाख यता कोरोना संक्रमित हुनेको संख्या ९ हजार एक सय जना पुगेको छ । ति मध्य ८ हजार ७ सय ६६ जना निको भएका छन् भने २ सय १५ जनाको मृत्युु भएको छ ।