
mbd
Anm
Rbs
Mbdvs
Gisld
Pbu
Gmk
Sds
Ksm

Bbbpu
Tsm
Wsp
Pvg
Hal
Sbs
Rgu
Rgu
nsb
Gst
Asm
Bbu
Sls
Rsb
Rgs
Ssm
Ggd
Ksm
Vor

Abd
Mks
Gsb
Jmb
Jmb
Syp
Rpp
Pls
Rmb
Ptm
sab
Bml
bbt
गुल्मी । गुल्मीको सत्यवती गाउँपालिका रोगीलाई घरमै निशुल्क औषधी बितरण गरेको छ । बिश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड(१९) को रोकथाम र नियन्त्रणका लागि जारी लकडाउनका कारण सार्वजनिक यातायातका साधनहरु नचलेको बेला गाउँपालिकाले दीर्घरोगी र असाध्य रोगीका लागि १ महिनाको लागि निशुल्क औषधी उपलब्ध गराएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारीले बताए ।
दीर्घरोगी एवम् लामो समयदेखि औषधी सेवन गर्ने मानिस औषधीका लागि बुटवल लगायतका स्थानमा जानुपर्दा परेको कठिनाइ र कोरोना भाइरसको संभावित संक्रमणको जोखिमलाई मध्यनजर राखेर दिर्घ रोगीहरुको लागि गाउँपालिकाले निशुल्क रुपमा घरमै औषधी बितरण गरेको हो । गाउँपालिकाले मुटु रोगी, स्वास प्रस्वाससम्बन्धी रोग, कलेजो, हाडजोर्नी, मृगौला, थाइराइड, युरिक एसिड, प्रोस्ट्रेट, नशा सम्बन्धी रोग, मधुमेह, उच्च रक्त चाँप, मानसिक समस्या लगायतका रोगहरुबाट लामो समयदेखि पीडित व्यक्तिहरुलाई १ महिनाको लागि निशुल्क औषधी उपलब्ध गराइएको छ ।
प्राथमिक चरणमा दीर्घरोगीको तथ्याङ्क संकलन पश्चात औषधी खरिद गरी स्वास्थ्यकर्मीको टोलीले बिरामीको प्रेस्कृप्सनका आधारमा छुट्टाछुट्टै पोका तयार गरी स्वास्थ्य चौकीका स्वास्थ्य कर्मी र महिला स्वास्थ्य संयमसेविका प्रयोग गरी घर(घर पुगी औषधी उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताए । गाउँपालिकामा ६९१ जना दिर्घरोगीका लागि १०२ प्रकारका औषधीहरु खरिद गरी निशुल्क उपलब्ध गराएको गाउँपालिकाले जनाएको छ ।
जिल्लामै नमूना कार्य अगाडि बढाइरहेको गाउँपालिकाले पछिल्लो पटक लकडाउनका कारण बिक्री बितरण नभएका कृषि र पशुजन्य पदार्थको तथ्याङ्क संकलन गरिरहेको प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताए ।
