अनिल खत्री शनिबार, बैशाख १३, २०७७

गुल्मी । गुल्मीको सत्यवती गाउँपालिका रोगीलाई घरमै निशुल्क औषधी बितरण गरेको छ । बिश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड(१९) को रोकथाम र नियन्त्रणका लागि जारी लकडाउनका कारण सार्वजनिक यातायातका साधनहरु नचलेको बेला गाउँपालिकाले दीर्घरोगी र असाध्य रोगीका लागि १ महिनाको लागि निशुल्क औषधी उपलब्ध गराएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारीले बताए ।
दीर्घरोगी एवम् लामो समयदेखि औषधी सेवन गर्ने मानिस औषधीका लागि बुटवल लगायतका स्थानमा जानुपर्दा परेको कठिनाइ र कोरोना भाइरसको संभावित संक्रमणको जोखिमलाई मध्यनजर राखेर दिर्घ रोगीहरुको लागि गाउँपालिकाले निशुल्क रुपमा घरमै औषधी बितरण गरेको हो । गाउँपालिकाले मुटु रोगी, स्वास प्रस्वाससम्बन्धी रोग, कलेजो, हाडजोर्नी, मृगौला, थाइराइड, युरिक एसिड, प्रोस्ट्रेट, नशा सम्बन्धी रोग, मधुमेह, उच्च रक्त चाँप, मानसिक समस्या लगायतका रोगहरुबाट लामो समयदेखि पीडित व्यक्तिहरुलाई १ महिनाको लागि निशुल्क औषधी उपलब्ध गराइएको छ ।
प्राथमिक चरणमा दीर्घरोगीको तथ्याङ्क संकलन पश्चात औषधी खरिद गरी स्वास्थ्यकर्मीको टोलीले बिरामीको प्रेस्कृप्सनका आधारमा छुट्टाछुट्टै पोका तयार गरी स्वास्थ्य चौकीका स्वास्थ्य कर्मी र महिला स्वास्थ्य संयमसेविका प्रयोग गरी घर(घर पुगी औषधी उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताए । गाउँपालिकामा ६९१ जना दिर्घरोगीका लागि १०२ प्रकारका औषधीहरु खरिद गरी निशुल्क उपलब्ध गराएको गाउँपालिकाले जनाएको छ ।
जिल्लामै नमूना कार्य अगाडि बढाइरहेको गाउँपालिकाले पछिल्लो पटक लकडाउनका कारण बिक्री बितरण नभएका कृषि र पशुजन्य पदार्थको तथ्याङ्क संकलन गरिरहेको प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]